alliance khabar

शुक्रबार, आषाढ १२, २०८३

काठमाडौँ, असार १२ गते ।

नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले प्रचलित श्रम ऐन तथा नियमावली पालना नगर्ने निजी अस्पताल, बैङ्क तथा वित्तीय संस्था/प्रतिष्ठानलाई कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । विभागले विभिन्न निजी अस्पताल, बैङ्क तथा वित्तीय संस्थामा गरिएको अनुगमनका क्रममा श्रम कानुनको गम्भीर उल्लङ्घन पाइएको भन्दै बिहीबार उक्त चेतावनी दिएको हो । श्रमसम्बन्धी प्रचलित कानुनी व्यवस्था पालना नगरेमा आवश्यक कारबाही हुने विभागका प्रवक्ता ई. मणिनाथ गोपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विभागका अनुसार पछिल्लो समय गरिएका अनुगमनमा निजी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा आपूर्ति गरिएका श्रमिकलाई ओभर टाइमबापतको पारिश्रमिक नदिइएको भेटिएको छ । त्यसै गरी उनीहरूलाई लगातार लामो समय काममा लगाउने र सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको पाइएको छ । विभागले यस्ता कैफियत देखिएका संस्थालाई तोकिएको समयभित्र सुधार गर्न निर्देशनसमेत दिइसकेको छ ।

बैङ्क तथा वित्तीय संस्थामा आपूर्ति गरिएका सुरक्षाकर्मी र श्रमिकका हकमा पनि उस्तै समस्या देखिएको विभागले जनाएको छ । उनीहरूलाई न्यूनतम पारिश्रमिक नदिने, धेरै घण्टा काम लगाउने र चाडपर्व खर्चसमेत उपलब्ध नगराएको गुनासो आएपछि विभागले ती संस्थालाई प्रचलित कानुनीव्यवस्था कार्यान्वयनका लागि पत्राचार गरेको छ । विज्ञप्तिमा उल्लेख भए अनुसार विभागले २०८२ साउनदेखि २०८३ जेठ मसान्तसम्म तीन हजार २६७ वटा प्रतिष्ठानको श्रम निरीक्षण गरेको छ । सोही अवधिमा तीन हजार १३७ प्रतिष्ठानमा बाल श्रम निरीक्षण गरिएको र तीन हजार ३९० वटा श्रम अडिट प्रतिवेदन प्राप्त भएको छ ।

त्यसै गरी २०८२ चैत १३ देखि २०८३ असार १० सम्म ७६१ वटा प्रतिष्ठानको श्रम निरीक्षण गरिएको र ६७९ वटा श्रम अडिट प्रतिवेदन प्राप्त भएको जनाइएको छ ।

श्रम नियमावलीबमोजिम प्रत्येक प्रतिष्ठानले प्रत्येक वर्षको पुस मसान्तभित्र अनिवार्य रूपमा श्रम अडिट गराउनु पर्छ । त्यस्तै श्रम ऐन, २०७४ को दफा ५९ अनुसार इजाजत प्राप्त कम्पनीले सुरक्षा, सरसफाइ, व्यावसायिक सहयोग र घरेलु सहयोग जस्ता तोकिएका सेवामा मात्र श्रमिक आपूर्ति गर्न पाउने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल