alliance khabar

बिहिबार, आषाढ ११, २०८३

न्युयोर्क, असार ११ गते ।

अमेरिकाले इरानको विश्वकप टोलीमाथिको प्रतिबन्ध खुकुलो पारेको छ । अमेरिकी गृह सुरक्षा विभागले मङ्गलबार इरानले अब आफ्नो खेलको दुई दिनअगाडि अमेरिकाको यात्रा गर्न सक्ने जनाएको छ । यसअघि इरानी टिमलाई खेलको २४ घण्टाभित्र अमेरिकामा प्रवेश गर्न र सोही दिन छोड्नुपर्ने नियम बनाइएको थियो । इरानले गत शुक्रबार अमेरिकाले आफ्नो टिममाथि यात्रा प्रतिबन्धविरुद्ध फिफामा उजुरी दिएको थियो ।

यद्यपि सियाटलमा शुक्रबार हुने खेलपछि पनि इरानको टोलीले अमेरिका छोड्नुपर्ने छ । इरान फुटबल महासङ्घका प्रवक्ताले इरान बुधबार मेक्सिकोको तिजुआनामा रहेको आफ्नो प्रशिक्षण शिविरबाट सियाटलका लागि प्रस्थान गर्ने बताएको छ ।

अमेरिकासँगको युद्धको स्थितिमा गत मार्चमा इरानले आफ्नो समूह चरणका खेल मेक्सिकोमा सार्न खोजेको थियो । यद्यपि फिफाले खेल तालिका र स्थल पूर्वनिर्धारित अनुसार नै हुन्छ भनेर सो अनुरोध अस्वीकृत गरेको थियो । इरानको टक्सन, एरिजोनाबाट मेकिसको टिजुआनामा प्रशिक्षण शिविर सार्नका लागि गरिएको अनुरोध भने स्वीकृत भएको थियो ।

इरानी टिमलाई सुरुका दुई खेलमा अघिल्लो दिनसम्म यात्राको अनुमति दिइएको थिएन । जसले गर्दा इरानका प्रशिक्षक अमिर घलेनोईले बारम्बार यस प्रतिबन्धले आफ्नो टोलीलाई हानि पु¥याएको भनी असन्तुष्टि प्रकट गर्दै आउनुभएको थियो । लगातार यात्रा गर्नु परेपछि उहाँले बेल्जियमसँगको बराबरीपछि भन्नुभएको थियो, “अहिले हामीलाई सबैभन्दा बढी स्वास्थ्यलाभ चाहिन्छ । हाम्रा लागि अवस्था अत्यन्तै कठिन भएको छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल