alliance khabar

सोमबार, आषाढ ०८, २०८३

काठमाडौँ, असार ८ गते ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डिडिसी) का उत्पादनको बजारीकरण गरिएको छ । चितवनमा सुरु भएको महाधिवेशन स्थलमा डिडिसीका उत्पादन बिक्रीका लागि राखिएको हो  ।

सरकारले डिडिसीका उत्पादन प्रवर्धन गरिरहेका बेला संस्थानको हेटौँडा दुग्ध विकास आयोजनाले महाधिवेशन स्थलमा उत्पादन बिक्रीमा राखेको हो । आयोजनाका प्रमुख राजीव खनालले महाधिवेशन स्थलमा दुग्धजन्य पदार्थको बिक्री राम्रो भएको जानकारी दिनुभयो ।

धेरै गर्मी भएकाले पनि फ्रेस मिल्क, मही, दही र लस्सी बढी बिक्री भएको उहाँले जानकारी दिनुभयो । महाधिवेशमा दुध, दही, फ्रेस मिल्क, मोही, मिठाई, आइसक्रिम बिक्रीका लागि राखिएको उहाँले जानकारी दिनुभयो । उत्पादन हेरेर पाँचदेखि १० प्रतिशत छुट दिएको जानकारी उहाँले दिनुभयो । एक दिनमा दुई लाख ५० हजारदेखि तीन लाख रुपियाँ बराबरको कारोबार भएको उहाँले जानकारी दिनुभयो ।

एक महिनाअघि प्रधानमन्त्री बालेन शाहले डिडिसीबाट उत्पादन, चिजसहितको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दा भाइरल भई उत्पादनको बिक्री बढेको छ ।

केही समयअघि मन्त्रीपरिषद् बैठकमा पनि डिडिसीका उत्पादनका प्याकेटसहित उपलब्ध गराइएको तस्बिर सार्वजनिक भएको थियो । डिडिसीका सूचना अधिकारी  नीलकण्ठ गौतमले पछिल्लो समय डिडिसीका उत्पादनको बिक्री बढ्दै गएको जानकारी दिनुभयो ।

डिडिसीले दैनिक ६० हजारदेखि ६५ हजार लिटर दुध सङ्कलन गर्दै आएको छ । बजारमा दैनिक ८० हजारदेखि ८५ हजार लिटर दुध खपत भए पनि सिजन अफ भएकाले दुध सङ्कलनमा कमी आएको डिडिसीले जनाएको छ । अपुग हुँदा दुध पाउडर दुध मिसाएर बजारमा पठाउने गरेको डिडिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल