alliance khabar

आइतबार, जेठ २४, २०८३

न्युयोर्क, जेठ २४ गते ।

विश्वकप फुटबल प्रतियोगिताका लागि सहभागी ४८ टिमकै २६ सदस्यीय टिमको घोषणा भइसकेको छ । प्रायः जसो टिममा विश्वका ठुला क्लबका खेलाडीको बाहुल्य रहेको छ । जसमध्ये यस विश्वकपमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका सर्वाधिक २९ खेलाडीले खेल्ने छन् ।

१९ मध्ये चार जना इङ्ग्ल्यान्डको टिममा रहेका छन् । इङ्ग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले आफ्ना टिममा गोलरक्षक जेम्स ट्राफर्डसहित डिफेन्डर माक गुवेही, निको ओ रिले र जोन स्टोन्सलाई म्यान्चेस्टर सिटीबाट चयन गर्नुभएको छ । पोर्चुगलको टिममा पनि सिटीका तीन खेलाडी छन् । सिटीका कप्तान बर्नाडो सिल्भा, रुवेन डियास र म्याथ्युज नन्सले पोर्चुगलको जर्सीमा देखिनुहुने छ । नेदरल्यान्ड्स र व्रmोएसियाली टिममा सिटीका दुई÷दुई खेलाडी छन् । टिजानी राइडर्स र नाथन एके नेदरल्यान्ड र माटियो कोभासिच र जोस्को ग्वार्डियोल व्रmोएसियाको टिममा हुनुहुन्छ । यसै गरी म्यान्चेस्टर सिटीका अन्य खेलाडी इर्लिङ हालान्ड (नर्वे), ओमार मारमाउस (इजिप्ट) रायन चर्की (फ्रान्स), जेरेमी डोकु (बेल्जियम), रोड्री (स्पेन), रायन आइट नोरी (अल्जेरिया), एन्टोनी सिमेन्यो (घाना) र अब्दुकाडर खुसानोभ (उज्बेकिस्तान) ले पनि विश्वकप खेल्नुहुने छ ।

यस सूचीमा जर्मनीको च्याम्पियन क्लब बायर्न म्युनिख दोस्रो स्थानमा छ । बायर्न म्युनिखका १८ खेलाडी यस विश्वकपमा सहभागी छन् । यसै गरी च्याम्पियन्स लिग फाइनल खेल्ने दुई टिम आर्सनल र पेरिस सेन्ट जर्मेन (पिएसजी) का १७÷१७ खेलाडीले पनि अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा आआफ्नो देशको प्रतिनिधित्व गर्ने छन् । यसै गरी यस विश्वकपमा स्पेनी लिग च्याम्पियन बार्सिलोनाका खेलाडीको पनि बाक्लो उपस्थिति रहने छ । बार्सिलोनाका १५ खेलाडी विश्वकपमा देखिने छन् । पछिल्लो विश्वकपमा सबभन्दा बढी खेलाडी बार्सिलोना (१७) का थिए । सो समय म्यान्चेस्टर सिटी र बायर्न म्युनिखका १६/१६ खेलाडीले कतारमा खेलेका थिए ।

१७ क्लबका १९ अथवा १० भन्दा बढी खेलाडीले विश्वकपमा छन् । जसमध्ये प्रिमियर लिगका मात्र पाँच क्लब छन् । म्यान्चेस्टर युनाइटेड र व्रिmस्टल प्यालेसका १२/१२ र लिभरपुलका ११ खेलाडी विश्वकपमा रहेका छन् । बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्ड र टर्कीको गालाटसारे, स्पेनको रियल म्याड्रिड, इटालीको एसी मिलान, चेक गणतन्त्रको स्लोभिया प्राग, नेदरल्यान्ड्सका पिएसभी आइन्डहोभ र टर्कीको फेनरबाखले पनि १० वा सोभन्दा बढी खेलाडीको सेवा विश्वकपलाई दिन सफल भएका छन् ।

समग्रमा हेर्ने हो भने स्पेनी ला लिगाका सर्वाधिक २६ खेलाडी यस विश्वकपमा देखिने छन् । यसै गरी इङ्ग्ल्यान्डको प्रिमियर लिग र जर्मनीको बुन्डेसलिगाका २५÷२५ र फ्रान्सेली लिगका २४ खेलाडीले पनि विश्वकपमा आआफ्नो देशको सेवा गर्ने छन् । यसै गरी नेदरल्यान्ड्स र स्विट्जरल्यान्डको लिगबाट २३/२३, अर्जेन्टिना, बेल्जियम र सेनेगलको लिगबाट २०÷२० खेलाडी पनि यस विश्वकपमा सहभागी हुने छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल