alliance khabar

आइतबार, जेठ १७, २०८३

गुल्मी, जेठ १७ गते।

 पश्चिम गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गमा निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्थानीय नागरिकहरूलाई गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यहि जेठ २१ र २२ गते स्वास्थ्य शिविर आयोजना गर्न लागिएको वडा अध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो।

उहाँका अनुसार अग्लुङ्ग वडा कार्यालय आयोजना तथा डाक्टर राजेन्द्र बोहराको सहजीकरणमा उक्त शिविर अग्लुङ्ग स्वास्थ्य चौकीमा सञ्चालन हुन लागेको हो। बृहत् स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ सेवाहरू निःशुल्क रूपमा प्रदान गरिने बताइएको छ। शिविरमा स्त्रीरोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, जनरल फिजिसियन सेवा, छाला रोग सेवाका साथै सर्जन सम्बन्धी सेवाहरू उपलब्ध हुनेछन्।

यसका अतिरिक्त बिरामीहरूको स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी बनाउन भिडियो एक्सरे (अल्ट्रासाउन्ड) तथा ल्याब सेवासमेत निस्शुल्क रूपमा उपलब्ध गराइनेछ। त्यसैगरी आँखाको समस्या भएका र शल्यक्रिया (अपरेशन) नै गर्नुपर्ने अवस्थाका आँखाका बिरामीहरूका लागि समेत शिविरमा शल्यक्रियाको समेत विशेष व्यवस्था मिलाइएको छ।

यहाँका विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको हो। यस शिविरबाट स्थानीय बासिन्दाहरू ठुलो संख्यामा लाभान्वित हुने विश्वास लिइएको छ। सम्पूर्ण स्थानीय जनसमुदायलाई शिविरमा उपस्थित भई स्वास्थ्य लाभ लिनका लागि वडा कार्यालयले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल