alliance khabar

बुधबार, जेठ १३, २०८३

तनहुँ, जेठ १३ गते ।

 म्याग्दे गाउँपालिकाले ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ का अवसरमा पालिकाभर स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले जेठ २१ गते पर्ने उक्त दिवसका दिन पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले मङ्गलबार जारी गरेको सूचनाअनुसार उक्त दिन म्याग्दे गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) तथा अन्य सङ्घसंस्थामा स्थानीय सार्वजनिक बिदा लागू हुनेछ ।

नेपालको संविधानले प्रत्याभूत गरेको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै जातीय छुवाछुत अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने सङ्कल्पसहित यो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले समाजबाट सबै प्रकारका जातीय विभेद तथा छुवाछुत अन्त्य गर्न सांकेतिक र व्यावहारिक रूपमा यो निर्णय गरिएको बताउनुभयो ।

“नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको दिनको स्मरण र सम्मान गर्दै कार्यपालिका बैठकबाट बिदा दिने निर्णय गरेका हौँ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यो बिदा केवल संस्मरणका लागि मात्र होइन, पालिकाभित्र आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै छुवाछुतमुक्त, सभ्य र समतामूलक समाज निर्माण गर्ने हाम्रो दृढ सङ्कल्पको प्रतीक पनि हो ।”

नेपाल सरकारले हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ का रूपमा मनाउँदै आएको छ । स्थानीय सरकारका रूपमा म्याग्दे गाउँपालिकाले यस दिवसलाई विशेष महत्व दिँदै विविधताबीचको एकता तथा सामाजिक–सांस्कृतिक ऐक्यबद्धता प्रवर्द्धन गर्न यो कदम चालेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल