alliance khabar

शुक्रबार, जेठ ०८, २०८३

हिले, जेठ ८ गते ।

१८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप यही जेठ १० गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले दिएको जानकारी अनुसार प्रतियोगितामा एक भारतीय टिमसहित आठ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान (धनकुटा) सँगै बिर्तामोड युनाइटेड फुटबल क्लब (झापा), राष्ट्रिय जागृति क्लब (इटहरी, सुनसरी), बेलबारी फुटबल क्लब (मोरङ), गाईघाट युनाइटेड फुटबल क्लब (उदयपुर), सहलेश युवा क्लब (सिराहा), सातदोबाटो युथ क्लब (ललितपुर) र जर्जियन फुटबल क्लब (कालिङ्पोङ, भारत) को सहभागिता रहने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले ६ लाख रुपियाँ नगद प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपियाँ प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालन गर्न करिब ४५ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता जेठ १० देखि १६ गतेसम्म धनकुटा–५ स्थित तल्लो टुँडिखेल खेलमैदानमा सञ्चालन हुनेछ । यो प्रतियोगिता २०५५ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल