alliance khabar

शुक्रबार, जेठ ०८, २०८३

पश्चिम नवलपरासी, जेठ ८ गते ।

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीमा प्रसारण लाइन निर्माण धमाधम भइरहेको छ । एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत सुनवल–१३, सूर्यबस्तीदेखि नेपाल भारत सिमानासम्म १८ किलोमिटर लामो प्रसारण लाइनको टावर निर्माण तीव्र गतिमा भइरहेको छ ।

साना ठुला गरी कुल ५३ वटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म ४१ वटा टावर निर्माण भइसकेको छ भने छ वटाको फाउन्डेसन तयार भएको छ ।

बाँकी छ वटा टावरको काम सुरु हुन बाँकी रहेको एमसिए नेपालले जाएको छ । भारतको टिएल लिमिटेडले प्रसारण लाइन निर्माणको ठेक्का पाएको छ । ठेक्का सम्झौता अनुसार अब प्रसारण लाइन निर्माणको दुई महिना अवधि बाँकी छ । उक्त अवधिभित्र प्रसारण लाइन निर्माण सक्ने गरी काम भइरहेको एमसिए नेपालले जनाएको छ ।

गत वर्षको मङ्सिर १० गते तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि अमेरिकाका राजदूत डिआर थम्प्सनले संयुक्त रूपमा सबस्टेसन र प्रसारण लाइन निर्माणको शुभारम्भ गर्नुभएको थियो । आयोजनाको काम सुरु भएको पाँच महिनाको अवधिमा मुआब्जा वितरण गरेर टावर निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

टावर भएका स्थानको जग्गाको मुआब्जा वितरण सकिएको छ । केही स्थानमा थप जग्गा आवश्यक भएकाले आयोजनाले अधिग्रहण गरेको छ । उक्त जग्गाको मुआब्जा वितरण बाँकी छ । तारमुनिको जग्गाको पनि मुआब्जा वितरण ७० प्रतिशत सकिएको छ । मुआब्जा निर्धारण समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले मुआब्जा वितरण अन्तिम चरणमा पुगेको जानकारी दिँदै सम्बन्धित व्यक्तिकै खातामा पैसा पठाइएको बताउनुभयो ।

काठमाडौँको लप्सीफेदीबाट सुरु हुने प्रसारण लाइन ३१५ किलोमिटर लामो प्रसारण लाइन अन्तर्गत नवलपरासीमा बर्दघाट–२ को जङ्गलक्षेत्र हुँदै सुनवल ११ बाट रामग्राम हुँदै पाल्हीनन्दनबाट भारततर्फ जोडिने प्रसारण लाइन ३३ किलोमिटर लामो हुने जनाइएको छ । नवलपरासीमा कुल १०२ वटा टावर निर्माण हुने छ । जसमध्ये सुनवल सूर्यबस्तीमा रहेको सबस्टेसनदेखि पाल्हीनन्दनसम्म कुल १८.२ दुई किलोमिटरमा टावर निर्माण भइरहेको छ ।

अन्य क्षेत्रमा ढिलाइ हुने भएपछि अन्तरदेशीय प्रसारण लाइन न्यु बुटवल–गोरखपुर खण्डको पश्चिम नवलपरासीमा पर्ने क्षेत्रमा टावर निर्माण पहिले अगाडि बढेको हो । एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सुनवलमा ३९ महिनाभित्र सबस्टेसन र २१ महिनाभित्र सीमासम्म जोड्ने प्रसारण लाइन निर्माण सक्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल