alliance khabar

शुक्रबार, जेठ ०१, २०८३

काठमाडौँ, जेठ १ गते ।

 नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ९३ पैसा र बिक्रीदर १५३ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७९ रुपियाँ र बिक्रीदर १७९ रुपियाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ६० पैसा र बिक्रीदर १०७ रुपियाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपियाँ ६० पैसा र बिक्रीदर १९६ रुपियाँ ३७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपियाँ ७३ पैसा र बिक्रीदर १११ रुपियाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपियाँ ४६ पैसा र बिक्रीदर १११ रुपियाँ ९० पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ १० पैसा र बिक्रीदर १२० रुपियाँ ५७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ६९ पैसा र बिक्रीदर नौ रुपियाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५४ पैसा र बिक्रीदर २२ रुपियाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७६ पैसा र बिक्रीदर ४० रुपियाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९५ पैसा र बिक्रीदर ४२ रुपियाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ७३ पैसा र बिक्रीदर चार रुपियाँ ७५ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६४ पैसा र बिक्रीदर ४१ रुपियाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ ९० पैसा र बिक्रीदर ३९ रुपियाँ ०५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ २५ पैसा र बिक्रीदर १० रुपियाँ २९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४० पैसा र बिक्रीदर १६ रुपियाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ९६ पैसा र बिक्रीदर २४ रुपियाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५२ पैसा र बिक्रीदर १९ रुपियाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपियाँ २० पैसा र बिक्रीदर ५०१ रुपियाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपियाँ ४९ पैसा र बिक्रीदर ४०७ रुपियाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ २२ पैसा र बिक्रीदर ३९८ रुपियाँ ७७ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल