alliance khabar

आइतबार, बैशाख २०, २०८३

मकवानपुर, वैशाख २० गते ।

मकवानपुरको थाहा नगरपालिकामा यही वैशाख २१ गते सोमबार सार्वजनिक बिदा हुने भएको छ । थाहा नगरपालिकाको कार्यपालिका बैठकले बज्रवाराही (अजिमा) तीन वर्षे जात्राको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले सूचना जारी गर्दै ऐतिहासिक वज्रवाराही तीन वर्षे जात्राका अवसरमा थाहा नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो । थाहा नगरपालिकाले सांस्कृतिक पर्व मेला संरक्षणका लागि जात्रा पर्वका अवसरमा बिदा दिँदै आएको छ ।

यसैबिच थाहा नगरपालिका ६ स्थित वज्रवाराहीमा वज्रवाराही (अजिमा) जात्रा सुरु भएको छ । प्रत्येक तीन वर्षमा हुने जात्रा शनिबारबाट सुरुभएको हो । चण्डीपुर्णिमा अर्थात् वैशाख पुर्णिमापछि लाग्ने जात्रा तीन दिनसम्म मनाइन्छ ।

स्थानीय प्रमोद जोशीले जात्राको पहिलो दिन शनिबार गाउँबाट देवताहरु ल्याएर वज्रबाराही अवस्थित पिठमा राख्ने परम्परा अनुसार पिठमा देवताहरु ल्याइएको जानकारी दिनुभयो ।

जात्राको दोस्रो दिन अर्थात जात्राको मुख्य दिन प्रत्येक गाउँका  घरघरबाट बलीसहित पूजा सामाग्री ल्याएर दिनभर पूजा गर्ने गरिन्छ र गाउँबाट ल्याइएका देवताहरु तेस्रो दिन फर्काइने प्रचलन रहेको छ । तान्त्रिक विधि अनुसार पुजा आजा गर्नुका साथै टिस्टुङ क्षेत्रको इस्ट देवता नै बज्रबाराही भएकाले बज्रवाराहीलाई खुसी पार्दा, आराधाना गर्दा मात्र मानव कल्याण हुन्छ भन्ने जनविश्वास रहेको छ ।

काठमाडौँ उपत्यकालाई रक्षा गर्ने चार बाराहीमध्ये एक ललितपुरस्थित वज्रबाराही भएको र मकवानपुरको थाहा नगरस्थित वज्रबाराहीलाई ललितपुरको बज्रबाराहीको आमाको रुपमा लिने गरिन्छ ।

यो जात्रा वैशाख पूर्णिमापछिको शनिबार पारेर सुरु गर्ने गरिन्छ । जात्राको व्यवस्थापन थाहा नगरपालिका ६ नं वडा कार्यालय र स्थानीय गुठी व्यवस्थापन समितिले गरिरहेको छ ।

जात्रा हेर्न थाहा नगरका आसपासका पालिकासँगै काठमाडौँ उपत्यकाबाटसमेत आउने गर्छन । गुठीको नाममा रहेको २०४ रोपनी जग्गाको आयस्रोतले जात्रा र गुठी सञ्चालन हुँदै आएको छ । जात्रामा आफ्नो भेषभुषा, संस्कृति र बाजागाजाका साथ रमाईलो गरी सहभागिता जनाउने गरिन्छ ।

जात्रा शुरु हुनुपूर्व पुजारीहरुले एक साता अघिदेखिको आइतबारदेखि बिहीबारसम्म मध्यरात मन्दिरमा (पिठ)मा गई पूजा गर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल