alliance khabar

शनिबार, बैशाख १९, २०८३

हुम्ला, वैशाख १९ गते ।

 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाले यस वर्ष जिल्लाका चार गाउँपालिकाबाट ८७ लाख रुपियाँभन्दा बढी मूल्यका रैथाने बाली खरिद गरेको छ । रैथाने बालीको प्रवद्र्धन तथा बजारीकरणका लागि लिमिटेडले ती बाली खरिद गरी काठमाडौँ लगेर बिक्री गर्ने गरेको हो ।

जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाबाट यस वर्ष ८७ लाख ५०० रुपियाँ बराबरका रैथाने बाली खरिद गरिएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्ण थापामगरले बताउनुभयो ।

उहाँका अनुसार लिमिटेडले गाउँपालिकासँग सम्झौता गरेर ती बाली खरिद गर्दै आएको छ । सर्केगार्ड र सिमकोट गाउँपालिकाबाट २५४ दशमलव ७० क्विन्टल सिमी ५१ लाख ९४ हजार रुपियाँमा खरिद गरिएको छ । त्यसैगरी नाम्खा र सिमकोट गाउँपालिकाबाट ५० क्विन्टल उवा ६ लाख ५० हजार रुपियाँमा खरिद गरिएको छ ।

यस्तै नाम्खा र सिमकोट गाउँपालिकाबाट ४९ क्विन्टल तिते फापर ५ लाख १४ हजार ५०० रुपियाँमा खरिद गरिएको छ भने सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट ५५ क्विन्टल चिनो १० लाख १७ हजार ५०० रुपियाँमा खरिद गरिएको छ ।

त्यसैगरी सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट ७७ क्विन्टल कागुनो १४ लाख २४ हजार ५०० रुपियाँमा खरिद गरिएको थापामगरले जानकारी दिनुभयो ।

खरिद गरिएका बाली गाउँपालिकाका बिक्री केन्द्रमा राखिएको र अब छिट्टै पैदल मार्गमार्फत सुर्खेत पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

जिल्ला दररेटअनुसार हुम्लामा चिनो र कागुनोको चामल प्रतिकेजी १८५ रुपैयाँमा खरिद गरिन्छ । त्यसैगरी सिमी प्रतिकेजी २०० रुपियाँ, तिते फापर १०५ रुपियाँ, मिठे फापर १२५ रुपियाँ, उवा १३० रुपैयाँ र कोदो १०५ रुपियाँ प्रतिकेजीका दरले खरिद हुँदै आएको छ । यही दररेटअनुसार लिमिटेडले गाउँपालिकाबाट रैथाने बाली खरिद गर्दै आएको हो । हुम्लाबाट सुर्खेत हुँदै काठमाडौँसम्म बालीको ढुवानी लिमिटेडले नै गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल