alliance khabar

बुधबार, बैशाख ०९, २०८३

काठमाडौँ, वैशाख ९ गते ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी लगानीका आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउनुभएको छ । मङ्गलबार सम्पन्न लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठकमा उहाँले लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये दुई वटा मात्र निर्माणमा जानु ‘लाजमर्दो’ भएको बताउनुभयो । उहाँले विदेशी लगानी स्वीकृत भएर पनि लामो समय काम नभएको विषयमा निर्मम समीक्षा हुने उल्लेख गर्नुभयो ।

बैठकका क्रममा अर्थमन्त्री वाग्लेले समस्याको तुरुन्त पहिचान गर्न पनि निर्देशन दिनुभयो । “परियोजनामा विदेशी लगानी स्वीकार गरेर आयोजना निर्माणमा थप काम नहुनुमा दोषी को हो ? मान्छे भए मान्छे, कानुन भए कानुन फेर्नैपर्ने अवस्था आयो,” उहाँले भन्नुभयो ।

लगानी सहजीकरण गर्ने शक्तिशाली निकाय निरीह देखिनुले अत्यन्तै गलत सूचना सञ्चार भएको अर्थमन्त्रीले बताउनुभयो । उहाँले १४ औँ बैठकमा समस्या समाधान गरेर थप प्रगति नभए निर्मम भएर अघि बढ्ने बताउनुभयो । “कम्तीमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनु प¥यो,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री वालेन्द्र शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्य बोकेका आयोजना र विकासका परियोजनाको हालत अत्यन्तै दयनीय देखिएको बताउनुभयो । परियोजना अघि बढाउन प्रगतिको बाधकको तत्काल सम्बोधन गर्न उहाँले सुझाव दिनुभयो । “कुन निकाय ? कुन व्यक्ति ? के के कारणले समन्वय गर्न नसकेको हो ? अब यो अनुगमन हुन्छ,” उहाँले भन्नुभयो । लगानी बोर्डका प्रमुख कार्यकारी सुशील ज्ञवालीले बोर्डबाट स्वीकृत तथा सहजीकरण गरिरहेका आयोजनाबारे जानकारी गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल