alliance khabar

मंगलबार, बैशाख ०८, २०८३

काठमाडौँ, वैशाख ८ गते ।

नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ७१ पैसा र बिक्रीदर १४९ रुपियाँ ३१ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ आठ पैसा र बिक्रीदर १७५ रुपियाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपियाँ आठ पैसा र बिक्रीदर २०१ रुपियाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ३९ पैसा र बिक्रीदर १९१ रुपियाँ १५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ४५ पैसा र बिक्रीदर १०६ रुपियाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ६५ पैसा र बिक्रीदर १०९ रुपियाँ नौ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ र बिक्रीदर ११७ रुपियाँ ४७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३६ पैसा र बिक्रीदर नौ रुपियाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ८१ पैसा र बिक्रीदर २१ रुपियाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ६५ पैसा र बिक्रीदर ३९ रुपियाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ८० पैसा र बिक्रीदर ४० रुपियाँ ९६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६३ पैसा र बिक्रीदर चार रुपियाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ४९ पैसा र बिक्रीदर ४० रुपियाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६२ पैसा र बिक्रीदर ३७ रुपियाँ ७८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ११ पैसा र बिक्रीदर १० रुपियाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ २५ पैसा र बिक्रीदर १६ रुपियाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४३ पैसा र बिक्रीदर २३ रुपियाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ९९ पैसा र बिक्रीदर १९ रुपियाँ सात पैसा, कुवेती दिनार एकको खरिददर ४८५ रुपियाँ ४३ पैसा र बिक्रीदर ४८७ रुपियाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपियाँ ३० पैसा र बिक्रीदर ३९५ रुपियाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपियाँ २५ पैसा र बिक्रीदर ३८७ रुपियाँ ८१ पैसा रहेको छ  । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल