alliance khabar

बिहिबार, चैत्र २६, २०८२

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कृषि तथा पशुधनबाट यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा प्रगति हुने समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा मिल्नेछ भने नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । खर्च बढ्ने देखिएकाले रकम जोगाउने प्रयास गर्नुहोला । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । प्रयत्न गर्दा विदेश यात्राको अवसर पनि जुट्न सक्छ ।

वृष  (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पुरस्कार, प्रशंसा र ख्याति प्राप्त हुने समय छ । प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । भौतिक साधन जुटाउन सकिनेछ । कृषिउपज र पशुधनबाट पनि राम्रो फाइदा हुनेछ । मेहनतले नाम, दाम र इनाम हात पार्न सकिनेछ ।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रोकिएका कामहरू बन्नुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । खुसीको समाचार सुन्न पाइनेछ । नयाँ व्यापार व्यवसाय विस्तार हुनेछ । आध्यात्मिक कार्यमा खर्च हुन सक्छ । कठिन परिस्थितिमा गरेको प्रयासले प्रतिष्ठा दिलाउनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर मिल्नेछ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

टाउको दुखाइ वा आँखा सम्बन्धी समस्या सताउन सक्छ । समयमा काम सम्पन्न गर्न नसक्दा अवसर गुम्न सक्छ । सञ्चित धनमा हानी हुन सक्ने भएकाले आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोस् । राम्रो आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । सोच विचार नगरी दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफ्ना कमजोरी प्रति आलोचना बढ्न सक्छ । आफन्तसँग केही असमझदारी भएपनि शुभचिन्तकहरूको साथ पाइनेछ । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नु राम्रो हुन्छ । परोपकारी कार्यहरू सम्पन्न हुनेछन् । बोलीकै भरमा काम सम्पन्न हुने समय छ । प्रेम र मित्रताको सम्बन्ध बलियो बन्न सक्छ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मान सम्मान प्राप्त हुनुका साथै आम्दानी बढ्नेछ । परिवारमा केही असमझदारी हुन सक्छ । व्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ । नयाँ योजना बन्ने र नयाँ काम सुरु हुने सम्भावना छ । सामान्य कामबाट पनि राम्रो आम्दानी हुनेछ । दीर्घकालीन फाइदा हुने क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ ।

तुला  (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बुद्धिको प्रयोगले सफलता प्राप्त गर्न सकिनेछ । उत्तम बस्त्र, भोजन तथा उपहार प्राप्त हुन सक्छ । वैदेशिक व्यापार सन्तोषजनक रहनेछ । खर्च बढ्ने र काममा केही अवरोध आउन सक्छ । हिम्मतका साथ काम गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ ।

वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउन सक्छ । महत्त्वपूर्ण काममा सफलता मिल्दा आकस्मिक धन लाभ हुनेछ । पढाइमा रुचि बढ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । लामो यात्रा गर्ने अवसर मिल्न सक्छ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विवाद र झगडाबाट टाढा रहनु बुद्धिमानी हुनेछ । विपरीत लिङ्गी वा शुभचिन्तकहरूको साथ पाइनेछ । विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । भूमि, सवारी साधन वा पैत्रिक सम्पत्तिबाट फाइदा लिन सकिनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या आउन सक्छ ।

मकर  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बुद्धिको प्रयोगले शत्रुबाट बच्न सकिनेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ । अस्थायी पेसाबाट राम्रो फाइदा हुनेछ । नोकरी प्राप्तिको सम्भावना छ । दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ । आफ्नो प्रतिभा देखाएर अरूलाई प्रभावित पार्न सकिनेछ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नजिकका साथीभाइ टाढिन सक्छन् भने टाढाका साथीभाइसँग सम्बन्ध बलियो बन्नेछ । पहिलेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ । खर्च भएपनि भविष्यका लागि महत्वपूर्ण काम सुरु गर्ने अवसर मिल्नेछ । व्यापार तथा उद्योगमा लगानी बढाउन उपयुक्त समय छ । स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आम्दानीभन्दा खर्च बढी हुँदा आर्थिक समस्या देखिन सक्छ । काममा ढिला सुस्ती हुन सक्छ । चोट पटक लाग्ने सम्भावना भएकाले सवारी साधन चलाउँदा वा जोखिमपूर्ण काम गर्दा सावधानी अपनाउनुहोस् । बुद्धिको प्रयोगले लक्ष्य पहिचान गर्न सकिनेछ । प्रतिस्पर्धामा बलिया व्यक्तिहरू उत्रन सक्छन्, त्यसैले गोपनीयतामा ध्यान दिनु आवश्यक छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल