alliance khabar

बुधबार, चैत्र २५, २०८२

बागलुङ (गलकोट) चैत २५गते ।

धवलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) २०७९ ले स्थापना गरेको छात्रवृत्ति कोषको रकम क्याम्पसलाई हस्तान्तरण गरिएको छ। क्याम्पस परिसरमा मङ्गलबार आयोजित एक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. खड्क केसीले शिलालेख अनावरण गर्दै एक करोड नौ लाख ४१ हजार छ सय ५१ रुपियाँको उक्त कोषलाई औपचारिक रूपमा सार्वजनिक गर्नुभएको हो।

कार्यक्रममा बोल्दै प्रा.डा .केसीले अन्य क्याम्पसको तुलनामा धवलागिरि बहुमुखी क्याम्पसको स्ववियुले उदाहरणीय र अनुकरणीय काम गरेको बताउनुभयो । उहाँले  विद्यार्थी संगठनले समाजप्रति उत्तरदायित्व बोध गर्दै गरेको यस्तो कार्यले सकारात्मक सन्देश दिएको उल्लेख गर्दै अन्य क्याम्पसका स्ववियुहरूलाई समेत यस्ता रचनात्मक गतिविधि सञ्चालन गर्न प्रेरित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले गर्नुपर्ने काम समेत विद्यार्थीहरूले अघि बढाएर सम्पन्न गर्नु सुखद पक्ष भएको भन्दै खुसी व्यक्त गर्नुभएको थियोे ।

स्ववियुद्वारा सङ्कलन गरिएको उक्त छात्रवृत्ति कोषको रकम सोही कार्यक्रममा क्याम्पस सञ्चालक समितिलाई हस्तान्तरण गरिएको छ। कोषबाट प्राप्त हुने व्याजमार्फत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ।

निवर्तमान स्ववियु कोषाध्यक्ष सृष्टि आचार्यका अनुसार देउसी–भैलो कार्यक्रम, विभिन्न संघ–संस्था तथा सहयोगी व्यक्तिहरूबाट प्राप्त सहयोगमार्फत कोषमा रकम सङ्कलन गरिएको हो। उनले कोष सञ्चालनलाई व्यवस्थित बनाउन आवश्यक विधान समेत तयार गरिएको बताउनुभयो ।

कार्यक्रममा कोष निर्माणमा योगदान गर्ने सहयोगदाताहरूलाई सम्मान गरिएको थियो। साथै ‘धवलागिरि दर्पण’ अक्षयकोष विशेषाङ्कको विमोचन पनि गरिएको थियो।

कार्यक्रम निवर्तमान स्ववियु अध्यक्ष सुदीप सागर कँडेलको अध्यक्षता वर्तमान अध्यक्ष आस्मिन सेखको स्वागत मन्तव्य, निवर्तमान उपाध्यक्ष दीपक सुवेदी र कोषाध्यक्ष सृष्टि आचार्यको संचालनमा सम्पन्न भएको कार्यक्रममा क्याम्पसका प्राध्यापक, विद्यार्थी, सञ्चालक समिति सदस्य तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल