alliance khabar

सोमबार, चैत्र २३, २०८२

सल्यान, चैत २३ गते ।

शारदा नगरपालिकाले व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा जथाभावी पार्किङ नियन्त्रण गर्न कडा कदम चालेको छ । अव्यवस्थित पार्किङ गर्ने सवारी साधनलाई अब देखि २ हजार ५ सय रुपियाँसम्म जरिवाना गरिने भएको छ।

शारदा नगरपालिका र जिल्लामा सञ्चालित विभिन्न यातायात व्यवसायीबीच भएको बैठकले यस्तो निर्णय गरेको हो। निर्णय अनुसार बस, अटो, रिक्सा तथा साना भ्यानलगायत सम्पूर्ण यात्रुबाहक सवारी साधनहरू श्रीनगरस्थित आधुनिक बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्नेछ। उक्त व्यवस्था २०८२ चैत ५ गतेदेखि कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ।

बसपार्क बाहेक अन्य स्थानबाट यात्रुबाहक सवारी सञ्चालन गरेमा सम्बन्धित सवारी साधनबाट २ हजार रुपियाँ जरिवाना असुल गरिनेछ । त्यस्तै, बसपार्क क्षेत्रबाहिर जथाभावी पार्किङ गरेको पाइएमा २ हजार ५ सय रुपैयाँ जरिवाना तिराइने निर्णय गरिएको छ।

नगरपालिकाले बसपार्कभित्र प्रवेश तथा पार्किङ शुल्कसमेत निर्धारण गरेको छ। जसअनुसार यात्रुबाहक बसका लागि १५० रुपियाँ, जिप तथा भ्यानका लागि १०० रुपियाँ र अटो रिक्साका लागि ३० रुपियाँ शुल्क तोकिएको छ। बसपार्क गेट पासमार्फत तिरेको शुल्क २४ घण्टासम्म मान्य रहने व्यवस्था गरिएको छ।

नगर प्रमुख प्रकाश भण्डारीले श्रीनगरको बसपार्कलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले बसपार्क जिल्लाको गौरवको आयोजना भएकाले यसको दीगो व्यवस्थापनमा सबैको साझा जिम्मेवारी रहने उल्लेख गर्नुभयो।

यातायात व्यवसायीका तर्फबाट सल्यान–रुकुम यातायात प्रालिका अध्यक्ष अरबिन्दकुमार राईले बसपार्कलाई व्यवस्थित ढंगले सञ्चालन गर्न व्यवसायीहरू प्रतिबद्ध रहेको बताउनुभयो।  उहाका अनुसार यात्रुको सहजता र व्यवसायको सुरक्षाका लागि सहकार्य गरेर काम हुने छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक पूर्ण केसीले बसपार्कभित्रबाट व्यवस्थित रूपमा सवारी सञ्चालन गराउन प्रहरी सक्रिय रूपमा परिचालन हुने जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल