alliance khabar

सोमबार, चैत्र २३, २०८२

काठमाडौँ, चैत २३ गते ।

अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा प्रस्तुत गरिने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) का प्रतिनिधिसँग सिंहदरबारस्थित कार्यकक्षमा आज भएको छलफलमा उहाँले वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै सरकारको नीति राजनीतिक सुशासनसँगै आर्थिक सुशासन कायम गर्ने रहेको बताउनुभएकाे हाे ।

बजेटमा सरकारी स्वामित्वका संस्थानहरूको व्यवस्थापनका लागि महत्त्वपूर्ण समेटिने बताउँदै मन्त्री डा वाग्लेले गोरखकालीलगायत केही संस्थानलाई कुन ‘मोडालिटी’ मा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको उल्लेख गर्नुभयो ।

सरकारले अघि बढाएको सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानबाट केही समूह अतालिएको बताउँदै उहाँले अनुसन्धान थप सशक्त बनाउदै नियमविपरीत कारोबार गर्नेलाई आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुलुकलाई ‘ग्रे लिस्ट’ बाट हटाउन पनि सरकारले सम्पत्ती शुद्धीकरणबारे अनुसन्धान सुरु गर्नुपरेको जानकारी दिँदै मन्त्री वाग्लेले वर्षौँदेखि अनुसन्धान भएर थन्केका मुद्दाहरूलाई अगाडि बढाइएको स्पष्ट पार्नुभयो ।

उहाँले मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै सरकारले आवश्यक सावधानी अपनाएको र दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको जानकारी दिनुभयो । मन्त्री डा वाग्लेले युद्धग्रस्त देशमा रहेका २५ लाख नेपालीलाई स्वदेश फर्काउने भन्दा पनि समस्या परेका नेपालीलाई प्राथमिकताका साथ उद्धार गर्ने काम भइरहेको उल्लेख गर्नुभयो ।

नाफिज अध्यक्ष मेनुका कार्कीले सरकारले प्रत्येक वर्ष ठूलो आकारको बजेट ल्याउने र कार्यान्वयनमा समस्या हुने हुँदा त्यसको विकल्पमा देशले आर्थिक विकासमा फड्को मार्ने गरी नीति कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल