alliance khabar

शुक्रबार, चैत्र २०, २०८२

बागलुङ (गलकोट), चैत २० गते ।

 आगामी चैत २३ देखि २८ गतेसम्म चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । बागलुङ जेसीजको आयोजनामा गण्डकी प्रदेश स्तरमा फुटबल प्रतियोगिताका हुन लागेको बागलुङ जेसीजकी अध्यक्ष अन्जिला श्रेष्ठले बताउनुभयो ।

विगत चार वर्षदेखि जेसिजले दुई लाख राशिको ‘जेसिज कप’ फुटबल प्रतियोगिता गर्दै आएको छ ।

युवाहरुलाई खेलप्रति अग्रसर बनाउदै नवप्रतिभा खेलाडिको पहिचानसँगै खेलकुदको माध्यमबाट बागलुङलाई पर्यटनसँग जोड्ने उद्देश्यले ‘जेसीज कप फुटबल’ प्रतियोगिता हुन लागेको  पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो ।

प्रतियोगितामा १२ टिम सहभागी हुने जनाइएको छ । साथै खेलमा सेना र प्रहरीको टिम पनि सहभागी हुँदैछन् । फुटबलमा प्रथम हुनेले २ लाख, ट्रफि र मेडल, द्वितीयले १ लाख नगद, ट्रफि र मेडल पाउनेछन् ।

त्यसबाहेक उत्कृष्ट खेलाडी र टिमलाई पनि पुरस्कृत गरिने भएको फुटबल संयोजक शुभम राजभण्डारीले जानकारी गराउनुभयो  । खेलका लागि १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

जेसीजले युवा सशक्तिकरण, सरसफाइ, पर्यटन प्रवद्र्धन र पर्यावरण संरक्षण र सचेतना अभियानको अगुवाई गर्दै आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल