alliance khabar

बिहिबार, चैत्र १९, २०८२

काठमाडौँ, चैत १९ गते ।

 दक्षिण पश्चिम एसियाका देशमा जारी द्वन्द्वका कारण युरोप, अमेरिकालगायत प्रमुख गन्तव्यबाट नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या घटेको छ । पर्यटन बोर्डका अनुसार सन् २०२६ को मार्चमा दक्षिण एसियाली र चीनबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा बढे पनि युरोप तथा अमेरिकालगायत प्रमुख गन्तव्यबाट आउने पर्यटकको आगमनमा भने युद्धको प्रभाव देखिएको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भन्नुभयो, “मार्चमा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा वृद्धि देखिए पनि युरोपका अधिकांश मुलुक र अमेरिका, क्यानडा, चीनलगायका प्रमुख गन्तव्यबाट आउने पर्यटकको आगमनमा भने पश्चिम एसियामा जारी द्वन्द्वको असर देखिएको छ । नेपाल प्रवेशका लागि खाडी मुलकका ट्रान्जिट गन्तव्य तुलनात्मक रूपमा सहज र सस्तो भएकाले सम्बन्धित मुलुकमा जारी ट्राभल एडभाइजरीका कारण उडान कटौती भएपछि मार्चमा समग्र पर्यटक आवागमन घट्न पुगेको छ ।”

मार्चदेखि अप्रिलसम्मको अवधि आरोहण, पदयात्रालगायतका पर्यटकीय गतिविधिका लागि उपयुक्त समय भएकाले पर्यटक आवागमनमा सुधार आउने अपेक्षा गरे पनि पछिल्लो एक महिनादेखि जारी द्वन्द्वका कारण उडान नियमित हुन नसक्दा र हवाई इन्धनको मूल्य बढ्दा यसले पर्यटन उद्योगमै असर पुग्ने उहाँले बताउनुभयो ।

बोर्डका अनुसार सन् २०२६ को तीन महिनामा तीन लाख १८ हजार ५३० पर्यटकले नेपाल भ्रमण गरे । जसमध्ये मार्चमा मात्रै एक लाख २० हजार ५२६ पर्यटक नेपाल आए । यसअघि जनवरीमा ९२ हजार ५७३ र फेब्रुअरीमा एक लाख पाँच हजार ४४१ बाह्य पर्यटक नेपाल आएका थिए ।

मार्चमा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । सन् २०२५ को मार्चमा सार्क मुलुकबाट ३५ हजार २८७ पर्यटक नेपाल आएका थिए ।

त्यस्तै यस वर्षको मार्चमा समग्रमा एसियाली मुलुकबाट ३३ हजार ४३६ पर्यटक भित्रिएकोमा गत वर्षको सोही अवधिमा ३१ हजार ३१५ पर्यटक नेपाल आएका थिए ।

यस वर्ष युरोपेली मुलुकबाट भने २० हजार ८७६ पर्यटक नेपाल आएका छन् भने अमेरिकाबाट वर्षको मार्चमा सात हजार ९७४, क्यानडाबाट एक हजार ७९९ पर्यटक नेपाल आए । गत वर्षको सोही अवधिमा अमेरिकाबाट ११ हजार ९२, क्यानडाबाट दुई हजार १३९ पर्यटक नेपाल आएका थिए । मार्चमा चीनबाट आउने पर्यटकसमेत घटेका छन् । गत वर्षको मार्चमा ११ हजार ४४३ पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको मार्चमा चीनबाट ११ हजार २२० पर्यटक नेपाल भित्रिए । बोर्डका अनुसार कोभिड–१९ सुरु हुनुअघि सन् २०१९ को मार्चमा एक लाख २७ हजार ३५१ पर्यटकको नेपाल आगमन भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल