alliance khabar

बुधबार, चैत्र १८, २०८२

म्याग्दी (दरबाङ), चैत १८ गते।

  म्याग्दीमा आगामी वैशाख २ गतेदेखि आर्थिक गणना सुरु हुने भएको छ। जिल्ला आर्थिक गणना कार्यालय म्याग्दीका अनुसार जिल्लाभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलापसम्बन्धी सबै प्रकारका व्यवसाय तथा सेवाको आधारभूत विवरण सङ्कलन गरी तथ्याङ्क प्रकाशन गरिनेछ।

कार्यालय स्थापना भएपछि मङ्गलबार सदरमुकाम बेनीबजारमा आयोजित जिल्लास्तरीय अन्तरक्रिया तथा सचेतना गोष्ठी मा आर्थिक क्रियाकलाप हुने सबै व्यवसाय तथा सेवाको यथार्थ विवरण सङ्कलनमा सहयोग गर्न सरोकारवालासँग अनुरोध गरिएको थियो।

राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, सरकारी निकायका प्रमुख, उद्योगी–व्यापारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले आर्थिक गणनाले अर्थतन्त्र व्यवस्थापन गर्न सहज बनाउने विश्वास व्यक्त गर्नुभयो।

आर्थिक गणना अधिकारी घनश्याम सापकोटाले कार्यक्रमको उद्देश्य, विधि र प्रक्रियाबारे जानकारी गराउँदै उद्योग, प्रतिष्ठान, पसललगायत वस्तु वा सेवा उत्पादन गर्ने सबै निकायको आधारभूत विवरण सङ्कलन गरिने बताउनुभयो।

गणनाको नतिजाले देशको आर्थिक तथा सामाजिक नीति निर्माण, योजना तर्जुमा, लक्ष्य निर्धारण र प्रगति मापनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

जिल्ला समन्वय अधिकारी नीलकण्ठ शर्माले गणनाले राज्यको वास्तविक गार्हस्थ उत्पादन पत्ता लगाउन सहयोग पुग्ने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले आर्थिक गणना अभियानलाई सफल बनाउन सबैले साथ दिएर यथार्थ विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो।

म्याग्दीमा १९ जना गणक र ३ जना सुपरभाइजरले जिल्लाभर १५ खण्डमा विभाजन गरी प्रश्नावलीमार्फत तथ्याङ्क सङ्कलन गर्नेछन्।

२०७५ सालको तथ्याङ्कअनुसार म्याग्दीमा ५ हजार ६३ दर्ता भएका फर्म तथा प्रतिष्ठानमा १६ हजार ६५२ जना संलग्न रहेको गणना गरिएको थियो।

यस आर्थिक गणनाले व्यवसाय, कृषि उत्पादन, आय–व्यय तथा आंशिक र दीर्घकालीन रोजगारीको वर्तमान अवस्था तथ्याङ्कमार्फत देखाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल