alliance khabar

सोमबार, चैत्र ०९, २०८२

वालिङ (स्याङ्जा), चैत ९ गते ।

 यहाँको एक सामुदायिक विद्यालयले ‘पढ्दै कमाउँदै कार्यक्रम’अन्गर्तत बाँझो जमिनको सदुपयोग गर्दै व्यावसायिक केरा खेती सुरु गरेको छ ।

वालिङ नगरपालिका–१० फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयले केरा खेती सुरु गरेको हो । जिल्लाकै नमूना विद्यालयकारूपमा रहेको यस विद्यालयले विद्यालय परिसरमै आफ्नै स्वामित्वमा रहेको करिब १० रोपनी जग्गामा ‘जी नाईन’ जातको केराका बेर्ना लगाएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जा प्राविधिक शिक्षालयको साझेदारी व्यावसायिक उत्पादन कार्यक्रमअन्तर्गत केरा खेती गरिएको विद्यालयका प्रधानाध्यापक दीपक लम्सालले बताउनुभयो ।

“विगत लामो समयदेखि विद्यालयको स्वामित्वमा रहेको जमिन बाँझो रहेको थियो” उहाँले भन्नुभयो, “बाँझो जमिनको सदुपयोग पनि भयो पढ्दै कमाउँदै कार्यक्रम साथै कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान विषयका विद्यार्थीलाई प्रयोगात्मक अभ्यास पनि यहीँ गराउन सक्ने भएका छौँ ।”

व्यावसायिक केरा खेती कार्यक्रमका लागि कार्यालयको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत लागत साझेदारी रहेको छ । कार्यालयकातर्फबाट  तीन लाख ९५ हजार ७१० रुपियाँ र विद्यालयकातर्फबाट एक लाख ६९ हजार ५९० रुपियाँ गरी कूल पाँच लाख ६५ हजार ३०० रुपैयाँ लगानी रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल