alliance khabar

सोमबार, चैत्र ०९, २०८२

रेसुङ्गा(गुल्मी), चैत ९ गते ।

जिल्ला प्रहरी कार्यालय गुल्मीलाई ज्योति विकास बैंक तम्घास शाखाले कम्प्युटर प्रदान गरेको छ । बैंकका शाखा प्रबन्धक मनोज लामिछाने र कर्जा इन्चार्ज ज्ञानबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुलाई प्रदान गर्नुभयो ।

बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रीय नीति अनुसार जिल्ला प्रहरीलाई ६० हजार बराबरको एक थान कम्प्युटर प्रदान गरिएको शाखा प्रबन्धक लामिछानेले बताउनुभयोे । भदौ २४ गतेको जेनजी आन्दोलनपछि देशका धेरै प्रहरी कार्यालयहरुमा क्षति भएकाले बैंकले देशैभर कम्प्युटर प्रदान गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सारुले कम्प्युटर प्रदान गरेकोमा ज्योती विकास बैंकलाई आभार प्रकट गर्दै प्रहरीको आत्मसम्मान र सेवामा टेवा पुगेको बताउनुभयो ।

जिल्ला बैंक तथा वित्तीय संघसंस्थाहरुहरु सामाजिक कामहरुमा सहजीकरण गरिरहेका छन् । जिल्लामा सिसिटीभी जडान गर्न, कार्यालयहरुमा डिजिटल बोर्ड, खानेपानी, टोकन मेसिन लगायतका सामग्रीहरु बैंक तथा वित्तीय संघसंस्थाहरुले प्रदान गरिरहेका छन् । यस बाहेक जिल्लाका विभिन्न बाढी, पहिरो, आगलागी जस्ता विपदका घटनाहरुमा पनि सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल