alliance khabar

आइतबार, चैत्र ०८, २०८२

काठमाडौँ, चैत ८ गते ।

 सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–१, बालुवाटारस्थित ज्वालादेवी माध्यमिक विद्यालयमा पाँच लाख रुपियाँ राशिको छात्रवृत्ति स्थापना गरिएको छ ।

काठमाडौँको क्षेत्रपाटी निवासी उपेन्द्रकुमार प्रधानले स्वर्गीय माता लहरमाया प्रधान र स्वर्गीय श्रीमती पुण्यश्वरी प्रधानको स्मृतिमा उक्त छात्रवृत्ति स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

विद्यालयमा शनिबार आयोजित प्रतिमा अनावरण तथा मूर्ति प्राणप्रतिष्ठा कार्यक्रममा छात्रवृत्ति स्थापनाको घोषणा गरिएको हो । सो अवसरमा प्राडा विद्यानाथ कोइराला, सुनकोसी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइराला, ज्येष्ठ नागरिक अमन्तिनाथ कोइराला, विद्यालयका पूर्वप्रधानाध्यापक रामकृष्ण श्रेष्ठ तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कौशल कोइरालालगायतले स्वर्गीय ज्वालादेवी श्रेष्ठको प्रतिमाको सामूहिक रूपमा अनावरण गर्नुभयो ।

साविक देवीस्थान माध्यमिक विद्यालयका लागि उपेन्द्रकुमार प्रधान, सुरेन्द्रकुमार प्रधान र पुरेन्द्रकुमार प्रधानले हजुरआमा ज्वालादेवी श्रेष्ठको नाममा १० रोपनी १५ आना २ पैसा जग्गा दान गरेपछि विद्यालयको नाम परिवर्तन गरी ज्वालादेवी माध्यमिक विद्यालय राखिएको प्रधानाध्यापक नारायण नेपालले जानकारी दिनुभयो ।

विद्यालय प्राङ्गणमा स्वर्गीय ज्वालादेवी श्रेष्ठको प्रतिमासहित सरस्वती र गणेशका मूर्ति स्थापना गरिएको छ । ज्वालादेवीको प्रतिमा, गणेश र सरस्वतीका मूर्ति निर्माण तथा दाचेँटासहितको संरचना निर्माणसमेत जग्गादाताहरूले नै गरिदिएको जनाइएको छ । सोही अवसरमा गणेश र सरस्वतीका मूर्तिको प्राणप्रतिष्ठा पनि गरिएको थियो ।

कार्यक्रममा साविक कुशेश्वर दुम्जा गाउँ विकास समितिका पूर्वअध्यक्ष शम्भुप्रसाद दाहालले स्वर्गीय दिदी सीता सापकोटाको नाममा छात्रवृत्ति कोषका लागि एक लाख एक हजार १०५ रुपियाँ नगद विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि विद्यानाथ कोइरालाले शिक्षासेवी र समुदायको सक्रियताले सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्ने उदाहरण ज्वालादेवी मावि भएको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल