alliance khabar

शनिबार, चैत्र ०७, २०८२

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

विद्या र बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ भने अन्न प्राप्तिको पनि योग छ । केही खर्च भएपनि दान पुण्य र भेटघाटमा खर्च हुँदा मनमा सन्तोष हुनेछ । सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ । साथीहरूसँग मनोरञ्जनका अवसर पनि मिल्नेछ ।

वृष  (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अप्ठ्यारा चुनौतीहरूलाई सहजै पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल रहनेछ । उद्योग वा कलकारखानामा लगानी गर्दा फाइदा हुनेछ, तर नचाहिएको क्षेत्रमा पैसा खर्च हुन सक्छ, सावधान रहनुहोस् । गरेका कामबाट लाभ हुनेछ र श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापारमा सफलता पाइने संकेत छ ।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह)

जग्गा जमिनको कारोबार राम्रो हुनेछ । सामाजिक क्षेत्रमा तथा नोकरीमा मान सम्मान मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ र सोचेका काम सजिलै पूरा हुनेछन् । टाढाको यात्रा हुन सक्छ । दैनिक कार्यमा ढिलाइ वा अल्झन हुन सक्छ । धार्मिक यात्रामा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

लेखन, प्रकाशन र ज्ञानगुन सम्बन्धी क्षेत्रमा सक्रियता बढ्नेछ । पारिवारिक जीवन सामान्य रहनेछ । रोकिएका काम पूरा हुनेछन् तर हतपत नबन्ने र मेहनत अनुसार फल नपाइने योग छ । साना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कुनै लाभदायक समाचार सुन्न पाइनेछ । साथीभाइसँग आकस्मिक भेटघाट हुनेछ र आकस्मिक लाभ मिल्ने समय छ । खर्च धेरै बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ र उपचारका लागि बढी खर्च हुन सक्छ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सवारी साधनबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्नेछन् । धन प्राप्ति हुनेछ । मेहनतले पुरस्कार वा उपहार दिलाउनेछ । साथीभाइसँग रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । अतिथिका रूपमा सम्मान पनि प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुने संकेत छ ।

तुला  (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मित्रजनबाट सहयोग र सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय काम हुनेछ । नसोचेको ठाँउबाट धन आर्जन गर्न सकिनेछ । साथीभाइले हरक्षण साथ दिनेछन् र माता पिताको आर्शिवाद प्राप्त हुनेछ । रोकिएका काम सम्पन्न हुने र नयाँ काम पाइने योग छ । मान सम्मान र प्रतिष्ठा बढ्नेछ ।

वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सवारी साधन चलाउँदा सचेत रहनुहोस् । घरमा परपाहुना वा अतिथिको आगमन हुन सक्छ । साना घरेलु काममा समय लाग्नेछ । मन खिन्न हुने परिस्थितिहरू आउन सक्छन् । कहीं कसैसँग झगडा हुन सक्छ । घर गृहस्थीमा केही समस्या देखा पर्न सक्छ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बालबच्चाबाट सन्तोष प्राप्त हुनेछ । धार्मिक स्थल भ्रमणका अवसर मिल्नेछ । प्रक्रिया नमिल्दा काम दोहोर्याउनु पर्न सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक विवाद गर्नेहरूसँग सावधान रहनुहोस् । पहिलेका कमजोरी सुधार गर्न सकिनेछ ।

मकर  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बनेको छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । नसोचेका चुनौतीहरू देखा पर्न सक्छन् । लेन देनको विवादले अप्ठ्यारो पार्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयास गर्नुहोस् । दिन सामान्य रहनेछ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्ने संकेत छ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सुखद समाचार सुन्न पाइनेछ । विविध लाभ र उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर कम हुनेछ । प्रतिफल नहुने क्षेत्रमा लगानी हुन सक्छ । पढाइ लेखाइमा समय दिन कठिनाई हुनेछ । सवारी चलाउँदा सावधानी अपनाउनुहोस् । भीडमा धनमाल हराउन सक्ने जोखिम छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोस् । पहिले सुरु गरेका काममा निरन्तरता दिनुहोस् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल