alliance khabar

बुधबार, चैत्र ०४, २०८२

धनगढी, चैत ४ गते ।

सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लामा हलिया परिवारमा जन्मिएका गणेशबहादुर विश्वकर्मा (विक) पाँचौँ प्रयासमा समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको छ ।  ५५ वर्षीय विक २०६४, २०७०, २०७४ मा नेकपा (एमाले) बाट, २०७९ बाट तत्कालीन नेकपा (एकीकृत समाजवादी) र २०८२ मा नेकपाबाट समानुपातिक सूचीमा हुनुहुन्थ्यो ।

नेकपा (एमाले) ले विकभन्दा कनिष्ठलाई समानुपातिकबाट छानेको थियो भने २०७९ मा समाजवादीले समानुपातिक सिट पाउने हैसियत बनाउन नसक्दा विक छुट्नुभयो । यस पटक नेकपाले पठाएको उहाँको नाम निर्वाचन आयोगले सोमबार अनुमोदन गरेर सार्वजनिक गरिसकेको छ ।

हलियाको काम गर्दै बझाङ र डोटीबाट स्नातक तहको शिक्षा हासिल गरेका विकले हाल त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालमा भूमिसुधारको राजनीति’ विषयमा विद्यावारिधि गरिरहनुभएको छ । अनेरास्ववियुमा समेत काम गरेका विक एमालेका विभिन्न कमिटीमा हुँदै तत्कालीन एकीकृत समाजवादीको केन्द्रीय सचिव र हाल नेकपाको केन्द्रीय कमिटीमा समेत हुनुहुन्छ । उहाँले विगत ३० वर्षदेखि दलित अधिकारका क्षेत्रमा काम गर्दै हरेक वर्ष भदौमा दलित अगुवा राखेर दलित संसद् चलाउँदै आउनुभएको छ । सधैँ पार्टीभित्रको समीकरणमा फरक मत राख्दै विद्रोह गर्ने पहिचान बनाएका विकले जीविकोपार्जनका लागि विद्यालयमा पढाउने र गैरसरकारी क्षेत्रमा समेत काम गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको नीति आयोगका उपाध्यक्ष भइसकेका विकले प्रतिनिधि सभा सदस्य भएर दलित अधिकार स्थापित गर्न, मुलुकको समग्र विकास र सुशासनको अवस्थामा सुधार गर्न दबाब सिर्जना गर्ने बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल