alliance khabar

मंगलबार, चैत्र ०३, २०८२

पश्चिम नवलपरासी, चैत ३ गते ।

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । वैशाख दुईदेखि असार ७ गतेसम्म हुने गणनाका लागि परासीमा साविकको करदाता सेवा कार्यालय रहेको भवनमा कार्यालय स्थापना गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, प्रमुख कोष नियन्त्रक कमल सापकोटा लगायत सरोकारवालाको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो ।

कार्यालयमार्फत चैत महिनाभर गणनाको आवश्यक तयारी गरिने छ । जिल्लामा आर्थिक गणनाका लागि ४८ गणक र ८ सुपरीवेक्षक खटिने छ । चैत मसान्तसम्म गणकको नियुक्ति, गणकहरूलाई तालिम प्रदान र पालिका तहमा सरोकारवालाबिच छलफल सकेर गणना सुरु गरिने आर्थिक गणना अधिकारी यज्ञमूर्ति भण्डारीले जानकारी दिनुभयो ।

जिल्लामा आर्थिक गणना सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति हुन्छ । पालिका तहमा स्थानीय तह समन्वय समिति र वडा स्तरमा वडास्तरीय सहजिकरण समिति पनि गठन गरिने छ ।

‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मुल नारासहित चालु आर्थिक वर्ष भित्र सम्पन्न हुने गरी देशैभर दोस्रो पटक आर्थिक गणना गर्न लागिएको छ । २०७५ सालको वैशाखमा पहिलो पटक आर्थिक गणना भएको थियो । यस गणनाका दौरान आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ । जसमा देशैभर रहेका दर्ता भए, नभएका ठुला साना, व्यापार÷प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल