alliance khabar

सोमबार, चैत्र ०२, २०८२

काठमाडौँ, चैत २ गते ।

नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ साल फागुन ११ गते बसेको बैठकले प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले लिइरहेको दोहोरो भत्ता रोक्ने निर्णय गरेको थियो।

परिषदकाे उक्त निर्णयको विरुद्ध प्राडा वासुदेव त्रिपाठीलगायत ११ जना आजीवन प्राज्ञ सदस्यले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा यस अघि सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । तर मिति २०८२ चैत १ गतेका दिन माननीय न्यायाधीश मनोजकुमार शर्मा र माननीय न्यायाधीश नृपध्वज निरौलाको संयुक्त इजलासबाट उक्त रिट निवेदन खारेज भएको छ।

दोहोरो सुविधा भत्ता लिँदै आएका ११ जना आजीवन सदस्यहरु यसप्रकार छन् ।

१. प्राडा वासुदेव त्रिपाठी ,

२. प्रा. डा. चूडामणि बन्धु रेग्मी,

३. गङ्गाप्रसाद उप्रेती,

४. प्रा. डा. योगेन्द्रप्रसाद यादव,

५. तीर्थबहादुर श्रेष्ठ ,

६ आर. डी. ‘प्रभास’ चटौत ९राजेश्वरीदत्त चटौत० ,

७. अशेषकुमार मल्ल,

८. डा. धुवचन्द्र गौतम,

९. तोया गुरुङ,

१०. तुलसीप्रसाद जोशी (तुलसी दिवस)

११. शशीविक्रम शाह

यस्तै, परिषदले निर्णय गरेको ३ वर्ष पछाडी भएको अदालतको फैसला अनुसार ती आजीवन सदस्यहरूलाई दोहोरो सुविधा पाउने गरी प्रज्ञाप्रतिष्ठानले भत्ता प्रदान गर्नुपर्ने छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल