alliance khabar

सोमबार, चैत्र ०२, २०८२

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज धन कमाउने नयाँ बाटाहरू खुल्ने दिन छ । सोचेका कामहरूमा सफलता मिल्नेछ । धन लाभको योग छ र दिन खुशी साथ बित्नेछ । परिवारमा सुखद माहोल रहनेछ र साथ दिने साथी वा अभिभावक भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त भएर आराम पाउने समय पनि छ ।

वृष  (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज टाढाको यात्रा गर्ने योग छ । नयाँ स्थानको भ्रमणले मन रमाइलो बनाउनेछ । पुराना साथीहरूसँग भेटघाटले खुशी दिनेछ । हाँसखेल र मनोरञ्जनका लागि समय मिल्नेछ, साथै यात्रा मार्फत केही धनलाभ हुने सम्भावना छ ।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज दैनिक प्रयोगका सामान बिग्रने कारण अर्थहानि हुन सक्छ । स्वास्थ्य कमजोर रहने र सामान्य रोगले सताउने दिन छ । काममा सफलता पाउन गार्हो हुने समय छ । कुनै नयाँ समाचारले खिन्नता बढाउन सक्छ, सोचेअनुसार काम पूरा नहुन सक्छ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सामाजिक मान सम्मानमा वृद्धि हुने दिन छ । तर, काममा केही बाधा आउन सक्छ । अरूका काममा समय खर्चिनुपर्ने र प्राप्त हुने फल सीमित रहनेछ । छर छिमेकमा असमझदारी बढ्ने योग छ, तर ठूलो हानि नपुग्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बन्द व्यापार वा व्यवसायबाट लाभ प्राप्त हुने दिन छ । स्वास्थ्यमा ठूलो समस्या नदेखिए पनि नयाँ काममा ध्यान दिएमा मान सम्मान बढ्नेछ । धार्मिक तथा परोपकारी कार्यबाट प्रतिष्ठा प्राप्त हुने सम्भावना छ । शारीरिक अस्वस्थता आउन सक्ने योग पनि छ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज काममा मन लाग्नेछ र आफन्तले साथ दिनेछन् । बौद्धिक कार्यबाट थोरै भएपनि लाभ हुनेछ । व्यवसायिक काम बीचमा अवरुद्ध हुन सक्छ । चुनौती आएपनि प्रयत्न गर्दा समयको सदुपयोग भएर धन लाभ हुनेछ ।

तुला  (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

हात हतियार वा कुनै जोखिमपूर्ण काममा सावधानी अपनाउनुहोस् । छरछिमेकसँग सामान्य मनमुटाव वा विवाद हुने सम्भावना छ । परिवारजन वा अभिभावक रुष्ट हुन सक्छन् । आलोचना र विवाद बढ्न सक्ने दिन छ, सावधान रहनुहोस् ।

वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज केही काममा झमेलाको सामना गर्नुपर्ने दिन छ । जागिर वा जिम्मेवारीमा अल्छीपन देखिन सक्छ । काममा बाधा आउन सक्छ, तर धन र मान सम्मान पाउने योग छ । नोकरी वा राजनीतिक क्षेत्रमा आफ्नो प्रभाव बढाउन सकिने समय छ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज पराक्रम बढ्ने र अधुरा काम पूरा हुने दिन छ । नयाँ काम पाउने योग छ । पढाइमा मन नलाग्ने हुन सक्छ । पाहुना आगमनको सम्भावना छ । सामाजिक जिम्मेवारीमा सक्रिय रहन सकिनेछ । नयाँ जिम्मेवारी हात पार्ने मौका पनि छ ।

मकर  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्राय: सबै कामहरू बन्नेछन् । काममा सहयोग पाइनेछ र आर्थिक लाभ हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्ने सम्भावना छ । भोज भत्तेरमा सहभागी भएर ठूला व्यक्तिको विश्वास पाउन सकिनेछ । सृजनात्मक वा बौद्धिक काममा सफलता पाइने समय छ । व्यापारमा पनि फाइदा हुनेछ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बैदेशिक कार्यमा असफलता र दु:खको सम्भावना छ । भाग्यले साथ नदिने र धन नाश हुने योग छ । विवाद बढ्ने र सामाजिक मान सम्मानमा संकट आउन सक्ने दिन हो । घरायसी सम्पत्तिको चिन्ता बढ्न सक्छ । विगतका गल्ती वा कमजोरीले तनाव सिर्जना गर्न सक्छ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यापार वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्न र धनको लाभ हुनेछ । नजिकको नातेदारको सहयोग मिल्नेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा पनि लाभ हुने दिन छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल