alliance khabar

आइतबार, चैत्र ०१, २०८२

पशुपतिनगर, चैत १ गते ।

विद्यार्थीकालदेखि राजनीतिक चेत र सपना बोकेर निरन्तर राजनीतिक यात्रामा लागेका ३५ वर्षीय युवा निस्कल राईको अबको यात्रा सङ्घीय संसद्तिर मोडिएको छ ।

प्रतिनिधि सभा निर्वाचन २०८२ मा इलाम क्षेत्र नं. १ बाट निर्वाचित भएसँगै निस्कल राईको अबको यात्रा केन्द्रीय राजनीतितिर मोडिएको हो । विद्यार्थीकालदेखि नेपाल विद्यार्थी सङ्घको राजनीति सुरु गरेका राई शिक्षा, चेतनाका हिसाबले अब्बल हुनुहुन्छ । समाज, राजनीति, देशविदेशको कूटनीतिसमेत नियाल्न सक्ने राईले इलाम क्षेत्र नं. १ मा २७ वर्षपछि नेपाली कांग्रेसलाई जिताउन सफल बन्नुभएको हो ।

केन्द्रीयस्तरको राजनीतिमा पहिलेदेखि नै प्रभाव राख्ने राई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्माको विश्वासपात्र भएका कारण टिकट लिन सफल भएको चर्चा छ ।

सूचना प्रविधिको क्षेत्रमा समेत ज्ञान राख्ने राई इलाम क्षेत्र नं. १ को स्पष्ट खाका कोरेर चुनावी एजेन्डा बनाएर मतदातामाझ जानुभयो । उहाँले मुख्य रूपमा इलामको कृषि, पर्यटन र कृषिजन्य वस्तुको बजारीकरणका विषय उठान गर्दै आउनुभएको छ । राईले कृषि र पर्यटन क्षेत्रको विकाससँगै बजारीकरण गर्न सके मात्र किसानको जीवनस्तर उकास्न सकिने बताउँदै आउनुभएको छ ।

देशभरि कांग्रेसका चर्चित उम्मेदवारले पराजय भइरहेका बेला चुनाव जित्न सफल राई सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षको हिसाबले आफ्नो सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । राईले भन्नुभयो, “म संसद्मा राम्रो कामलाई सहयोग गर्छु, गलत कामलाई गलत भन्न सक्ने तागत राख्छु ।”

निर्वाचनको समयमा प्रतिबद्धता जनाएका र घोषणापत्रमा समावेश भएका कुरा पूरा गर्न डिजिटल प्लेटफर्म बनाएर व्रmमशः नागरिकका आवश्यकता परिपूर्ति गर्ने योजना राईको छ ।

नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि छनोट हुनुभयो । त्यसपछि लगातार राई क्षेत्रीय सहसचिव, क्षेत्रीय सचिव हुँदै हाल इलाम निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र १ (२) को प्रदेश सभापतिसमेत हुनुहुन्छ । राईले विद्यार्थीकालमै शङ्करदेव क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको सदस्य हँुदै उपसभापतिसम्म बन्नुभयो ।

अमेरिका, दक्षिण कोरिया, हङ्गेरीलगायतका देशको भ्रमण गरिसकेका राईले कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको ‘हामी स्वयंसेविका’ को कार्यव्रmम निर्देशकका रूपमा समेत काम गरिसक्नुभएको छ । उहाँ शङ्करदेव क्याम्पसमा प्राध्यापकका रूपमा काम गर्दागर्दै राजधानी छोडेर इलाम आएपछि पूर्ण रूपमा राजनीतिमा लाग्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट व्यावसायिक व्यवस्थापनमा स्नातकोत्तर (डिग्री) गरेका राई खुला विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल गर्दै हुनुहुन्छ ।

इलामको ग्रामीण क्षेत्र सूर्योदय नगरपालिका–४, अन्तुमा बुवा तेजबहादुर राई (नयन) र स्वर्गीय आमा धनमाया राईका ज्येष्ठ सुपुत्र निस्कल राईले गाउँकै दीपेन्द्रशिखर बोर्डिङ स्कुलबाट औपचारिक शिक्षा सुरु गर्नुभएको थियो ।

राजनीतिबाहेक अध्ययन अनुसन्धानमा चासो राख्ने राईको लुकेको पाटो सङ्गीत रहेको छ । राई गायन क्षेत्रमा समेत आफूलाई अब्बल साबित गर्ने कोसिसमा हुनुहुन्छ । राईले आफू निर्वाचित हुँदै गर्दा इलाम क्षेत्र नं. १ र समग्र जिल्लालाई संसद्मा पुलको काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल