alliance khabar

बिहिबार, फाल्गुण २८, २०८२

सिँजा (जुम्ला), फागुन २८ गते 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्वास्थ्य सेवा प्रवाह मात्र होइन, पछिल्लो समय चिकित्सा शिक्षा अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । प्रतिष्ठानमा अहिले देश तथा विदेशबाट विद्यार्थी अध्ययनका लागि आउन थालेका छन् । देशका सुविधासम्पन्न सहर छाडेर जुम्ला चिकित्सा शिक्षा अध्ययनको गन्तव्य बन्न थालेको छ । अहिले नेपालका मात्र होइन, छिमेकी राष्ट्र भारतबाट समेत विद्यार्थी जुम्ला आएर डाक्टरी अध्ययन गरिरहेका छन् । प्रतिष्ठानको शैक्षिक सत्र २०८२ का लागि भारतका पाँच जनासहित नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका गरी १३० जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि जुम्ला आएका छन् ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीका अनुसार एमबिबिएसतर्फ ५० जना, नर्सिङतर्फ २० जना, बिएनएसतर्फ २० जना, बिपिएचतर्फ २० जना, बिएससी नर्सिङतर्फ २० जना र बी फार्मातर्फ २० जना विद्यार्थी अध्ययनका लागि भर्ना भएका छन् । सुगम क्षेत्र छाडेर पनि विद्यार्थी जुम्ला आउने क्रम बढिरहेको धामीले बताउनुभयो । सीमित स्रोतसाधन र राज्यको उपेक्षाबिच पनि जुम्ला देशकै रोजाइ बन्नु गौरवको विषय भएको उहाँको भनाइ छ । गत वर्ष विभिन्न सङ्कायमा १०४ जना नयाँ विद्यार्थी भर्ना भएका थिए । यस वर्ष २६ जना थपिँदा कुल १३० जना विद्यार्थी एमबिबिएस, बिएनएस, बी फार्मा, बिएससी नर्सिङ र बिपिएचलगायतका विषय अध्ययन गर्न जुम्ला पुगेका छन् । प्रतिष्ठानका उपकुलपति डा. पूजन रोकायाले प्रतिष्ठानलाई विश्वास गरेर अध्ययनको गन्तव्य बनाएका विद्यार्थीलाई स्वागत गर्दै उनीहरूलाई देशकै अब्बल जनशक्ति बनाउने लक्ष्यका साथ अध्यापन गराइने बताउनुभयो । सङ्घीय राजधानी काठमाडौँका सुविधासम्पन्न विश्वविद्यालय छाडेर कर्णालीलाई गरेको विश्वासले प्रतिष्ठानलाई थप जिम्मेवार र गौरवान्वित बनाएको उहाँको भनाइ छ ।

दाङबाट एमबिबिएस अध्ययन गर्न जुम्ला आएका विद्यार्थी अमय आचार्यले सुनेकोभन्दा देखेको जुम्ला धेरै फरक लागेको बताउनुभयो । जुम्लालाई अत्यन्त दुर्गम छ भन्ने भ्रम फैलाइएको उल्लेख गर्दै उहाँले चिकित्सा शिक्षा अध्ययनको केन्द्र मात्र नभई भाषा, साहित्य, संस्कृति, जडीबुटी तथा प्राकृतिक रूपमा अत्यन्त सुन्दर रहेको बताउनुभयो ।

भारतको दिल्लीबाट आफ्नी छोरी रेन्जु सिंहलाई एमबिबिएस अध्ययनका लागि लिएर आएका बुवा राघवेन्द्र सिंहले जुम्ला नेपालकै सुन्दर र शान्त क्षेत्र भएको बताउनुभयो । भारतका सुविधासम्पन्न विश्वविद्यालय छाडेर जुम्ला रोज्नुमा यहाँको शान्त वातावरण र गुणस्तरीय शिक्षा मुख्य कारण रहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल