alliance khabar

बिहिबार, फाल्गुण २८, २०८२

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्न सक्छन् । अवसर हातबाट गुम्ने सम्भावना छ । काममा ध्यान दिनुहोस् । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हात लागि हुन सक्छ । मेहनत गर्दा अवसर प्राप्त हुनेछ । सत्कार्यमा जुट्दा दीगो फाइदा हुनेछ ।

वृष  (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर मिल्नेछ । कीर्तिमानी काम सम्पन्न गर्ने समय छ । नयाँ काममा हात हाल्ने बेला आएको छ । मान र विद्या प्राप्त हुनेछ । टाढाको यात्रा पनि हुन सक्छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् ।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साथीभाइबाट फाइदा उठाउन सकिने दिन छ । उच्च महत्वाकांक्षाले सोचेको काम पूर्ण रूपमा सम्पादन हुनेछ । खर्च भएपनि मन चाहेको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका पनि जुट्न सक्छ । अरूले झमेला निम्त्याए पनि हिम्मत र लगनशीलताले काम बनाउनेछ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । विपरीत लिंगी वा हितैसी मित्रहरूले साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्दा मन खिन्न हुने सम्भावना छ । स्वास्थ्य कमजोर भएको खण्डमा कामको बोझ बढी लाग्नेछ । कुनै अवसर आएपनि गोपनीयतामा ध्यान दिनुहोस् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विशेष पदमा रहेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । खानपानमा पनि सजक रहनुहोस् । अवसर आएपनि अरूको मुख ताक्ने बानीले काममा बाधा पुर्‍याउन सक्छ । विशेष उपहारसहित प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ । आफ्नै कमजोरीले ढिलासुस्ती हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

लुगा, भोजन र विशेष उपहार हात लागि हुनेछन् । भोग विलासमा मन रमाउनेछ । कृषि व्यवसाय तथा पशुपालनबाट फाइदा मिल्ने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । पढाइमा प्रगति हुने दिन छ ।

तुला  (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

विपरीत लिंगीको माध्यमबाट लाभ हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोस् । पारिवारिक भेटघाटले मनमा आनन्द दिनेछ । साथीभाइले काममा सहयोग पुर्‍याउन सक्छ ।

वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धनमाल हराउने, ठगीमा परिने वा दृष्टि भ्रममा पर्ने ग्रहयोग छ । आँखाको समस्याले सताउन सक्छ । विशेष अवसर आएपनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । आफ्नाबाट धोका पाइनेछ । अनायसै खर्च बढ्नेछ । स्वास्थ्य कमजोर हुने र काममा अवरोध आउने सम्भावना छ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आम्दानीभन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरेको लगानी र श्रमबाट कम प्रतिफल पाइनेछ । ठूला व्यक्तिबाट मान सम्मान प्राप्त हुनेछ । मिठा भोजनको अवसर पनि रहनेछ । नजिकका साथी टाढिँदा पनि टाढाका साथीसँग सम्बन्ध गाँसिनेछ । अर्थ अभावले काम रोकिन सक्छ ।

मकर  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

परिवारजनसँग असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ । तर व्यवसायबाट फाइदा हुने दिन छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर प्राप्त हुनेछ । धन लाभ हुने सम्भावना छ । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन् । दीगो आम्दानी हुने काम सुरु हुनेछ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)

यात्रा र सवारी साधनको प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । पढाइ राम्रो छैन । आवश्यक रकम हात लागि नहुँदा आर्थिक अभावले सताउनेछ । अधैर्यपना बढ्नेछ र काम नबन्ने डरले तनाव बढ्न सक्छ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउनेछ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिनेछ । सोचेको काम समयमा नबन्नाले दुःख हुने सम्भावना छ । भोज भतेरको निम्तो आएपनि नियमित कामको चिन्ताले मन खिन्न हुनेछ । केही अवसर आएपनि परिस्थिति संघर्षमय रहनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल