alliance khabar

मंगलबार, फाल्गुण २६, २०८२

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कृषि, पशुधन र अचल सम्पत्तिबाट लाभ मिल्ने समय छ । सहयोगीहरूको साथ राम्रो रहनेछ । दिगो फाइदाका लागि लगानी गर्न सकिनेछ र गरिएका कामको उचित मूल्यांकन हुनेछ । रोकिएका काम बन्ने तथा आयका नयाँ स्रोत बढ्ने सम्भावना छ । भौतिक साधन जुट्दा मन प्रसन्न रहनेछ ।

वृष  (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

खर्च बढ्ने संकेत देखिए पनि व्यवसाय विस्तारका लागि लगानी गर्ने समय छ । आफ्नै कमजोरीका कारण सानो विवाद आउन सक्छ, त्यसैले सावधानी आवश्यक छ । काममा सफलता मिल्नेछ भने प्रतिभाको कदर हुनेछ । नोकरीमा पदोन्नति तथा राजनीतिमा सक्रिय व्यक्तिहरूलाई विशेष अवसर मिल्न सक्छ ।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वादिष्ट भोजन र रमाइलोमा मन जानेछ । अध्ययनमा ध्यान अलि कम भए पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम क्रमशः बन्नेछन्, तर ढिलाइ हुँदा केही अवसर गुम्न सक्छ । जिम्मेवारी बढ्नेछ र सहयोग गर्नेहरूबाट अपेक्षित साथ नपाइने सम्भावना छ । परिवार वा जीवन साथीका कारण चिन्ता बढ्न सक्छ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

भेटघाट र योजनामा अलमल हुँदा समय र अवसर गुम्न सक्छ । नयाँ कामको प्रस्ताव आएपनि निर्णयमा ढिलाइ हुन सक्छ । व्यवसायिक क्षेत्रमा खर्च बढ्ने संकेत छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । जीवन साथीको सहयोगले आम्दानी र आनन्द दुवै बढ्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अनुकूल समय छ । उद्योग व्यापारमा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूलाई सहजै पछाडि पार्न सकिनेछ । प्रेम सम्बन्ध बलियो बन्ने वा विवाहतर्फ अघि बढ्ने योग छ । पेट सम्बन्धी समस्या हुन सक्ने भएकाले खानपानमा ध्यान दिनु आवश्यक छ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिश्रमको राम्रो प्रतिफल पाइनेछ । कृषि तथा पशुपालनमा सामान्य समस्या देखिएपनि आर्थिक लाभका अवसर मिल्नेछन् । प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछ । कला, साहित्य र मनोरञ्जनतर्फ रुचि बढ्नेछ । परिवारको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछन् ।

तुला  (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बुद्धि र धैर्यको प्रयोगले काममा सफलता मिल्नेछ । पारिवारिक जमघट र भेटघाटमा मन रमाउनेछ । व्यापार व्यवसायमा फाइदा हुने समय छ । रुचिका क्षेत्रमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरहरू प्राप्त भएपनि विलासितामा खर्च बढ्न सक्छ ।

वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समय अनुसार आफूलाई अनुकूल बनाउन प्रयास गर्नुपर्नेछ । गुरुजनको सल्लाह र अनुभवले लक्ष्य स्पष्ट हुनेछ । प्रतिस्पर्धामा केही चुनौती आउन सक्छ । आफन्तसँग दूरी बढ्ने सम्भावना भएपनि विदेश वा बाह्य क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । परिवार र साथी भाइको साथ रहनेछ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लगनशीलता र निरन्तर प्रयासले उपलब्धि दिलाउनेछ । ढिलो भएपनि काम सम्पन्न हुनेछन् । परिवारको सहयोगले आर्थिक अवसर बढ्नेछन् । व्यापार व्यवसायमा लाभ मिल्नेछ र आम्दानी वृद्धि हुनेछ । अप्रत्याशित स्थानबाट धन प्राप्त हुन सक्छ । अध्ययनमा पनि प्रगति हुने संकेत छ ।

मकर  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कामका क्रममा प्रभावशाली व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ । निर्णय गर्दा विवेक र संयम आवश्यक हुनेछ । विचार व्यक्त गर्दा सावधानी अपनाउनु राम्रो हुनेछ । स्थानान्तरण वा लामो यात्राको सम्भावना छ । नयाँ लाभदायी काम सुरु गर्ने अवसर मिल्नेछ र साझेदारीबाट फाइदा हुनेछ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ काम वा अवसर प्राप्त हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनु आवश्यक छ । आलस्यका कारण अवसर गुम्न सक्ने भएकाले सक्रिय रहनुहोस् । आर्थिक कारोबार सोचविचार गरेर मात्र गर्नु उचित हुनेछ । नोकरीमा पदोन्नति वा स्थानान्तरणको सम्भावना देखिन्छ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रतिस्पर्धा कम भएर फाइदा हुने संकेत छ । अरूको भर पर्नुभन्दा आफ्नै प्रयासमा काम गर्नु राम्रो हुनेछ । साहस नहुँदा योजना कार्यान्वयनमा ढिलाइ हुन सक्छ । तत्काल ठूलो लाभ नदेखिए पनि भविष्यका लागि महत्वपूर्ण आधार तयार गर्ने अवसर मिल्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल