alliance khabar

सोमबार, फाल्गुण २५, २०८२

काठमाडौं, फागुन २४ गते।

११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समिति अध्यक्ष प्रमिला ढुङ्गानाको अध्यक्षतामा “सबै महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने नाराका साथ काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रमकाे प्रमुख अतिथि नेपाली कांग्रेसकी सह–महामन्त्री डा. डिला संग्रौलाले, २००३ सालमा स्थापना भएको नेपाल ट्रेड युनियन कांग्रेस र सो सँगसँगै स्थापित नेपाली काङ्ग्रेस एकै सिक्काका दुई पाटा हुनुपर्थ्यो तर पनि नेपाली कांग्रेसको लोकतान्त्रिक शक्ति,आचरण र चरित्र यहाँ सम्म आइपुग्दा किन कमजोर भयो ? हामीले त्यस्ता सवाललाई यथार्थ रूपमा विगतका समयमा सरकारको नेतृत्व गर्दा पनि नेपाली कांग्रेसले कार्यान्वयन नगर्दाको कारणले आजको यो अवस्था आएको बताउनुभयो।

उहाँले राणाकालमा सतीप्रथाको अन्तका लागि योगमाया न्यौपाने सहितका ६८ जना महिलाले सामूहिक देह त्याग गर्दै महिला अधिकारका निम्ति दिनुभएको योगदान बारे कार्यक्रममा बताउनुभयो।

उहाँले श्रमिक महिलाको अधिकार, समान अवसर तथा नेतृत्वमा महिलाको सहभागिता बढाउन आवश्यक रहेको लगायतका विषयमा कार्यक्रममा बताउनुभयो।

कार्यक्रमका विशेष अतिथि नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका अध्यक्ष योगेन्द्रकुमार कुँवरले , ट्रेड युनियन आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै श्रमिक महिलाका हक–अधिकार सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले नेपाल ट्रेड युनियन कांग्रेसका सम्पूर्ण संरचनाहरूमा नेपालको संविधानमा व्यवस्था भए बमोजिम महिला सहभागिता रहेको कार्यक्रममा बताउनुभयो।

त्यस्तैगरी विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेस ट्रेड युनियन विभाग बागमती प्रदेश संयोजक भगवती खड्काले
, महिला श्रमिकलाई सशक्त बनाउँदै सामाजिक तथा आर्थिक क्षेत्रमा अगाडि बढाउन ट्रेड युनियनले अझ सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय समितिका पदाधिकारी तथा सदस्यहरू , ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका अध्यक्ष लगायत पदाधिकारी हरु आबद्ध विभिन्न राष्ट्रिय समितिका प्रतिनिधिहरू, ट्रेड युनियन कांग्रेस काठमाडौं र ललितपुरका जिल्लाका अध्यक्ष लगायत ट्रेड युनियन कर्मीहरूको उपस्थिति रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा महिला अधिकार, श्रमिक महिला हरुले सामना गरिरहेका चुनौती तथा ट्रेड युनियन आन्दोलनमा महिलाको सहभागिता वृद्धि गर्ने विषयमा छलफल गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल