alliance khabar

आइतबार, फाल्गुण २४, २०८२

मकवानपुर, फागुन २४ गते ।

नेकपा (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखेरेलले पार्टी सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजय र पार्टी गतिविधिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्न वर्तमान यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनुपर्ने भन्दै अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गरेसँगै उहाँलाई एमाले मकवानपुरले पदमुक्त गर्ने निर्णय गरेको छ ।

उहाँले प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इष्र्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव नभएको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक अन्तिमचरणमा पुग्दै गर्दा पोखरेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिब लगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमिक्षा गर्नुपर्छ र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वले बाटो प्रशस्त गर्नु पर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “तलदेखि माथिसम्म सबैले आत्मसमिक्षा गरी आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने आजको माग हो, अब आउने युवालाई मेरो साथ र सहयोग पूर्ण रूपमा रहने छ ।”

उता जिल्ला सचिवालयको आइतबार बसेको बैठकले पोखरेलको राजीनामाले पार्टी पङ्ति र सार्वजनिक रूपमा परेको भ्रमको खण्डन गर्दै उहाँलाई पदबाट मुक्त गर्ने निर्णय गरेको छ । पोखरेललाई पदबाट मुक्त गर्दै उपाध्यक्ष हिदम लामालाई कार्यवाहक अध्यक्षको रूपमा जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।

पार्टी सचिव सीता विष्टद्वारा जारी एमाले मकवानपुरको ११ औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष पोखरेल विगत पाँच महिनादेखि पार्टीको नियमित काम र सम्पर्कमा नरहेको भन्दै सामाजिक सञ्जालमा “जिम्मेवारीबाट राजीनामा दिएको” भन्ने अभिव्यक्तिप्रति जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल