alliance khabar

आइतबार, फाल्गुण २४, २०८२

भोजपुर, फागुन २४ गते ।

 भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शेरधन राईलाई एक हजार ९१३ मतान्तरले पराजित गर्नुभएको हो।

ध्रुवराज राईले १६ हजार ६६३ मत पाउँदा उहाँका प्रतिस्पर्धी शेरधन राईले १४ हजार ७५० मत प्राप्त गर्नुभएको छ।

तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका बालकृष्ण थापाले आठ हजार ६७० मत पाउँदा रास्वपाका रमेशप्रसाद ओझाले छ हजार १०२ मत प्राप्त गर्नुभएको छ। यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अजम्बर राई काङमाङले पाँच हजार ६२८ मत प्राप्त गर्नुभएको छ।

जिल्लाभरका कुल एक लाख २५ हजार मतदातामध्ये ५८ हजार ६९ अर्थात् ४६ दशमलव १६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल