alliance khabar

आइतबार, फाल्गुण २४, २०८२

फिदिम, फागुन २४ गते।

 पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित हुनुभएको छ। उहाँले श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई २ हजार ४९९ मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो।

निर्वाचित केरुङले १७ हजार २३३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी शेर्माले १४ हजार ७३४ मत प्राप्त गर्नुभएको छ।

यसैगरी नेकपा (एमाले) का अइन्द्रसुन्दर नेम्वाङ १४ हजार २३४ मतसहित तेस्रो स्थानमा रहनुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्वाङ ११ हजार ४४३ मतसहित चौथो स्थानमा रहनुभएको छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रविक्रम थाम्सुहाङले ४ हजार १८७ मत प्राप्त गर्दै पाँचौँ स्थान हासिल गर्नुभएको छ भने राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर लिम्बू २ हजार ८२५ मतसहित छैटौँ स्थानमा रहनुभएको छ।

पाँचथरमा १५ दलका १५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए। लामो समय शिक्षण तथा प्राध्यापन पेशामा संलग्न केरुङ यसअघि दुई कार्यकाल नेपाली कांग्रेस पाँचथरका जिल्ला सभापति रहनुभएको थियो। उहाँ हालै सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत निर्वाचित हुनुभएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल