alliance khabar

आइतबार, फाल्गुण २४, २०८२

दाङ, फागुन २४ गते ।

दाङका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी हुँदै ‘क्लिन स्विप’ गरेको छ । दाङ–१ मा देवराज पाठक, दाङ–२ मा विपिन कुमार आचार्य र दाङ–३ मा कमल सुवेदी भारी मतान्तरसहित निर्वाचित हुनुभएको हो । २०७९ सालको निर्वाचनमा भने दाङका तीन वटै क्षेत्रमा रास्वपा तेस्रो स्थानमा रहेको थियो । यसपटक रास्वपाका उम्मेदवारले उल्लेख्य मतान्तरसहित जित हासिल गर्नुभएको भएको हो ।

कक्षा कोठादेखि प्रतिनीधि सभासम्म
दाङ–१ मा रास्वपाका देवराज पाठक विजय हुनुभएको छ । उहाँले आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीलाई २७ हजार ३२२ मतले पछाडि पार्दै विजयी हुनुभएको हो । पाठकले ४२ हजार  ६०२ मत प्राप्त गर्नुएको छ भने कांग्रेसका चौधरीले १५ हजार २८० मत प्राप्त गर्नुभयो ।

यस्तै नेकपा (एमाले)का रेवतीरमण शर्मा घिमिरेले छ हजार ८२५ मतसहित तेस्रो स्थानमा आउनुभएको छ । यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मेटमणी चौधरीले चार हजार ९६५ मतसहिच चौथो स्थानमा आउनुभयो । यस अघि २०७९ को निर्वाचनमा नेकपाका चौधरीले तत्कालिन माओवादी, कांग्रेसको समर्थनमा विजयी हुनुभएको थियो भने उहाँ तेस्रो स्थानमा आउनुभएको थियो ।

२०२२ चैतमा गढवा गाउँपालिका–६ गढवामा जन्मिनुभएका देवराज पाठक २०४० सालमा माध्यमिक विद्यालय बनगाउँ देउखुरीबाट प्रवेशिका उत्तीर्ण गर्नुभयो । वाणिज्य शास्त्रमा स्नातक गर्नुभएका पाठक २०५६ मा समाज शास्त्रमा स्नातकोत्तर र २०५८ सालमा सामाजिक मूल्य विषयमा स्नातकोत्तर गर्नुभयो । चार दशक लामो समय शिक्षण पेशामा संलग्न रहनुभएका पाठक नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको जिल्ला उपसभापतिको जिम्मेवारी रहेर लामो समय कांग्रेस निकट भएर काम गर्नुभयो । २०७९ मा तत्कालीन शिक्षक संघ र अध्यापन पेशालाई छोडी रास्वपामा प्रवेश गर्नुभएका पाठक  रास्वपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभापतिको जिम्मेवारीमा हुनुहुन्छ ।

मिडिया डाइरेक्टरदेखि माननीय यात्रा
दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाका सहमहामन्त्री विपिन आचार्य प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । आचार्यले नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई २८ हजार २७७ मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो । आचार्यले ४३ हजार ५५९ मत प्राप्त गर्दा पोखरेलले १५ हजार २८७ मत प्राप्त गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँमा २९ फागुन २०४३ मा शिवकुमार शर्मा र शान्ता आचार्यको सन्तानका रुपमा जन्मेका ३९ वर्षीय आचार्य भारी मतान्तरले विजयी भए पनि उहाँले भने यस निर्वाचनमा मतदान गर्न पाउनुभएन । उहाँको जन्मस्थान दाङको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने भएकाले उहाँले त्यहाँ मतदाता नामावलीमा नाम रहेकाले दाङ–२ मा मतदान गर्न पाउनुभएको थिएन ।

रास्वपाका संस्थापकमध्ये एक रहनुभएका आचार्य हाल पार्टीको सहमहामन्त्रीसमेत हुनुहुन्छ । उहाँले बायोटेक इन्जिनियरिङ अध्ययन गर्नुभएको छ भने काठमाडौं विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गर्नुभएको बताइन्छ ।

पार्टी सभापति रवि लामिछानेसँग उहाँको सम्बन्ध गोरखा मिडिया प्रालिमा काम गर्ने क्रममा अझ प्रगाढ बनेको हो । आचार्य सोही मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा कार्यरत रहनुभएको थियो । विगतमा उहाँको परिवार नेकपा (एमाले) निकट मानिन्थ्यो । आचार्य २०८२ वैशाख १ गते पार्टीको प्रशिक्षण विभाग प्रमुखसमेत बन्नुभएको थियो । उहाँ समानुपातिकतर्फको बन्दसूचीमा पहिलो नम्बरमा सूचीकृत भए पनि पछि नाम फिर्ता लिएर २०८२ माघ ६ गते दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएको थियो ।

क्लवको अध्यक्षदेखि सांसदसम्म
२०७९ को निर्वाचनमा दाङ ३ मा तेस्रो स्थानमा आउनुभएका रास्वपाका कमल सुवेदी यसपटक आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । सुवेदीले ४४ हजार २४८ मत प्राप्त  कांग्रेसका गिरीले १६ हजार ४५३ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा (एमाले) का उम्मेदवार घनश्याम पाण्डेले १२ हजार १९५ मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का धनबहादुर मास्कीले ९ हजार ३२८ मत प्राप्त गर्नुभएको थियो ।

त्यसबेला सुवेदीले १५ हजार तीन सय मत पाउनुभएकोथियो भने कांग्रेसका गिरीले ३६ हजार ८ सय ४२ मत प्राप्त गरि विजयी हुनुभएकोथियो । दाङको दंगीशरण –४ मौलीका कमल सुवेदीको २०४४ मंसिर १६ गते  जन्म भएको थियो । वीरेन्द्र मावि हेकुलीबाट एस.एलसी गर्नुभएका स्कुल पढ्दादेखि नै अन्यायविरुद्ध आवाज उठाउने गर्नुहुन्थ्यो ।

लामो समयसम्म असल शासन क्लवको अध्यक्ष रहेर काम गर्नुभएका सुवेदी त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर र क्यानडा सरकारको पूर्ण छात्रवृत्तिमा सेन्ट फ्रान्सिस जेभियर विश्वविद्यालयबाट ‘डेभलपमेन्ट लिडरसिप’मा डिप्लोमा गर्नुभएको छ । विश्वका  दर्जनौ देशमा भ्रमण गरिसक्नुभएका सुवेदी  नेपालमा युवा मन्त्रालय, युवा परिषद् र ‘युथ भिजन २०२५’ निर्माणमा निरन्तर पहलकदमी गर्नुभएका उहाँ एक दशकसम्म युवा गैरसरकारी संस्था महासंघको नेतृत्व गर्दै आउनुभएकोथियो । पछिल्लो समयमा उहाँ आफ्नी स्वर्गीय आमाको नामबाट एम्बुलेन्स सञ्चालन गर्दै  आउनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल