alliance khabar

शनिबार, फाल्गुण २३, २०८२

गौशाला (महोत्तरी), फागुन २३ गते ।

प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रमोद कुमार महतो २२ हजारभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ ।

निर्वाचनको अन्तिम मतपरिणामअनुसार महतोले ३४ हजार ६३६ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गर्नुभयो ।

पूर्वमन्त्रीसमेत रहेका पोखरेललाई २२ हजार १२ मतान्तरले पराजित गर्दै रास्वपाका महतो निर्वाचित हुनुभएको हो । यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले ६ हजार २१३ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल