alliance khabar

शनिबार, फाल्गुण २३, २०८२

बाजुरा, फागुन २३ गते ।

 बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीको अग्रता कायम रहेको छ। गिरीले चार हजार ५७४ मत प्राप्त गर्नुभएको छ। उहाँलाई पछ्याइरहनुभएका नेकपा (एमाले) का लालबहादुर थापाले तीन हजार २४५ मत प्राप्त गर्नुभएको छ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले दुई हजार ३३ मत प्राप्त गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टीका प्रकाश शाहले ३७२, राष्ट्रिय प्रजातन्त्र पार्टीका केशर शाहीले ९५, प्रगतिशील लोकतान्त्रिक पार्टीका दीपककुमार डि।सी।ले ७७, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का भूपेन्द्र लुहारले ५१ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चार मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

बाजुरामा कुल ४६ हजार २३२ मत खसेको छ। यसमध्ये पुरुष २१ हजार ८५७ र महिला २४ हजार ३७५ जनाले मतदान गरेका छन्। कुल ५२ दशमलव ६३ प्रतिशत मत खसेको छ।

बाजुरामा नौ वटा पालिका छन्। हालसम्म दुई पालिकाको मात्र मतगणना सम्पन्न भएको छ भने थप तीन गाउँपालिका र चार नगरपालिकाको मतगणना जारी रहेको छ।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुरामा कुल ८३ हजार ५६७ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ ६० हजार १५२ मत खसेको थियो। अर्थात् ६१ दशमलव ६३ प्रतिशत मतदान भएको थियो।

त्यस बेला नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डे विजयी हुनुभएको थियो भने नेकपा (एमाले) का कर्णबहादुर थापा दोस्रो हुनुभएको थियो। पाण्डेले ३१ हजार ७८९ मत प्राप्त गर्नुभएको थियो भने थापाले २६ हजार २४८ मत प्राप्त गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल