alliance khabar

शुक्रबार, फाल्गुण २२, २०८२

भद्रपुर (झापा), फागुन २२ गते ।

 प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले आफ्नो अग्रता कायम राख्दै मतान्तर बढाएका छन्। हिजो फागुन २१ गते सम्पन्न मतदानको प्रारम्भिक मतगणनाअनुसार रास्वपाले जिल्लाका परम्परागत राजनीतिक गढहरूमा ठुलो फेरबदल ल्याउने संकेत देखिएको छ।

पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह १३ हजार ६५४ मतसहित अग्रस्थानमा हुनुहुन्छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तीन हजार ११ मत प्राप्त गर्नुभएको छ। शाहले ओलीलाई १० हजार ६४३ मतको फराकिलो अन्तरले पछि पार्नुभएको हो।

त्यस्तै, निर्वाचन क्षेत्र नं २ मा रास्वपाकी इन्दिरा राना मगरले १० हजार ४४३ मतसहित आफ्नो अग्रता सुरक्षित राख्नुभएको छ। उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का नेता एवं निवर्तमान सभामुख देवराज घिमिरेले एक हजार ७०३ मत प्राप्त गर्नुभएको छ। उहाँहरूबीचको मतान्तर आठ हजार ७४० रहेको छ।

निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका प्रकाश पाठक नौ हजार २६४ मतसहित अगाडि हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले चार हजार ९२४ मत प्राप्त गर्नुभएको छ। पाठक र लिङ्देनबीच चार हजार ३४० को मतान्तर छ।

यसैगरी, निर्वाचन क्षेत्र नं १ मा रास्वपाकी कान्छी उम्मेदवार निशा डाँगीले सात हजार ९४३ मतका साथ अग्रता लिइरहनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका केवल राईले दुई हजार ५१३ मत प्राप्त गर्नुभएको छ। यता क्षेत्र नं ४ मा पनि रास्वपाकै शम्भुप्रसाद ढकाल तीन हजार २१७ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने एमालेका लालप्रसाद साँवा लिम्बू ९५२ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ।

निर्वाचन आयोगका अनुसार झापाका सबै क्षेत्रमा मतगणना तीव्र गतिमा भइरहेको छ। सुरुवाती रुझानहरूले यस पटकको निर्वाचनमा नयाँ राजनीतिक शक्तिको उदय हुन सक्ने प्रक्षेपण गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल