alliance khabar

आइतबार, फाल्गुण १७, २०८२

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिस्थिति चुनौतीपूर्ण देखिए पनि निरन्तर प्रयासले सहयोगीहरूबाट फाइदा लिन सकिनेछ । गोपनीयता कायम राख्नु आवश्यक छ । समयमै सचेत नबन्दा शुभचिन्तक टाढिन सक्छन् । मेहनतको फल ढिलो भएपनि अवश्य प्राप्त हुनेछ, तर काम बिग्रने चिन्ताले सताउन सक्छ ।

वृष  (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
टाढिएका आफन्तसँग पुनः भेटघाट हुने सम्भावना छ । रमाइलो जमघट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ । अधिकारका विषयमा केही संघर्ष गर्नुपर्ला । अवरोधहरू आएपनि परिश्रमले उपलब्धि र सम्मान दिलाउनेछ । खर्चमा संयमता अपनाउनु राम्रो हुनेछ ।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । बाध्यतापूर्ण काममा संलग्न हुनुपर्ने अवस्था आउन सक्छ । सहयोगको आशा गरेका व्यक्तिबाट निराशा मिल्न सक्छ, तर धैर्य र साहसले समस्या समाधान गर्न सकिनेछ । अप्रत्याशित रूपमा रोकिएको काम बन्नाले उत्साह थपिनेछ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रभावशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकपूर्ण निर्णयले धेरैलाई आफ्नो पक्षमा ल्याउन सकिनेछ । काम पूर्ण नभए पनि केही लाभ हुनेछ । सामाजिक जिम्मेवारी वहन गर्दा भविष्यमा फाइदा हुने अवसर मिल्नेछ । खर्च बढ्ने सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विगतका सफलताले नयाँ कार्यका लागि प्रेरणा दिनेछ । रचनात्मक क्षेत्रमा सक्रियता बढ्नेछ । आयआर्जनका स्रोत विस्तार हुने संकेत छ । सन्तान, अनुयायी वा मातृपक्षको साथ र सल्लाह लाभदायक हुनेछ । सानो अवरोध आएपनि परिणाम सकारात्मक रहनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ प्रस्ताव प्राप्त हुने सम्भावना छ र पुराना कमजोरी सुधार गर्ने अवसर मिल्नेछ । आर्थिक लाभको योग छ । कामको चाप कम भई विश्राम मिल्नेछ । परिवारको साथले हौसला बढाउनेछ । योजना गोप्य राख्दा राम्रो हुनेछ ।

तुला  (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएको काम सम्पन्न भई आत्मविश्वास बढ्नेछ । उपलब्धिको नयाँ स्रोत पहिचान गर्न सकिनेछ । अरूका काममा समय दिनुपरेपनि अनुभव बढ्नेछ । जोखिमपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ । खानपानमा सावधानी अपनाउनु आवश्यक छ ।

वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको भर पर्दा धोका हुन सक्छ, त्यसैले आफ्नै प्रयासमा जोड दिनुहोला । परिवारको आवश्यकतामा ध्यान दिने समय छ । दीर्घकालीन लाभ हुने क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शुभचिन्तकको सुझाव सुनेर अघि बढ्दा राम्रो परिणाम आउनेछ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
टाढाको यात्राको तयारी हुन सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्नेछ । सहयोग र उपहार प्राप्त हुने सम्भावना छ । आम्दानी सन्तोषजनक रहनेछ, तर आफ्ना लक्ष्य पूरा गर्न आत्मनिर्भरता आवश्यक हुनेछ ।

मकर  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक तथा भौतिक लाभको समय छ । कामको उचित मूल्यांकन हुनेछ । व्यापार र साझेदारीमा सफलता मिल्नेछ । प्रेम र मित्रताको सम्बन्ध सुदृढ बन्नेछ । लगनशीलताले प्रतिष्ठित कार्यमा अवसर दिलाउनेछ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अनावश्यक वादविवादबाट टाढा रहनु उपयुक्त हुनेछ । योजना कार्यान्वयनमा ढिलाइ हुन सक्छ । छिमेकी वा नजिकका व्यक्तिसँग असमझदारी बढ्न सक्ने भएकाले संयमता अपनाउनु आवश्यक छ । बुद्धिमानी निर्णयले लक्ष्यतर्फ अघि बढ्न सहयोग गर्नेछ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चुनौतीहरू सामना गर्दै रोकिएका काम पूरा गर्न सकिनेछ । प्रतिस्पर्धी वातावरणमा आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेछ । साथीभाइसँग दूरी बढ्न सक्छ, तर विवेकपूर्ण व्यवहारले विश्वास कायम राख्न सकिनेछ । पुराना समस्याले सताए पनि धैर्यले समाधान सम्भव हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल