alliance khabar

बुधबार, फाल्गुण १३, २०८२

सर्लाही, फागुन १३ गते ।

 नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान प्रतिकूल अवस्थाबाट देशलाई जोगाएर अगाडि लैजाने सामर्थ्य कांग्रेससँग मात्रै रहेको दाबी गर्नुभएको छ।

बुधबार सर्लाहीको हरिवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेस जत्तिको परिपक्वता र समन्वय गर्न सक्ने तागत अन्य दलसँग नरहेको जिकिर गर्नुभयो। “अहिलेको चुनौतीपूर्ण समयमा देश सम्हाल्ने कर्तव्य कांग्रेसकै हो र त्यो सामर्थ्य कांग्रेससँग मात्रै छ भन्ने हामीले राम्रोसँग बुझेका छौँ,” उहाँले भन्नुभयो।

सुधारिएको कांग्रेसले फागुन २१ को निर्वाचनपछि कसैलाई गाली नगरी र सबैलाई विश्वासमा लिएर देश सम्हाल्ने उहाँको दाबी छ। उहाँले यसपटक कसैले नयाँ पार्टीलाई मतदान गर्छु भन्यो भने त्यो ‘सुधारिएको कांग्रेस’ नै हुनुपर्ने बताउनुभयो। महाधिवेशनपछि बेग्लै ऊर्जा र जाँगरका साथ अघि बढेको कांग्रेसमा पुरानो अनुभवदेखि नयाँ पुस्ताको भावना बुझ्ने नेतृत्व रहेको उहाँको भनाइ थियो। उहाँले कांग्रेसले महामन्त्री गगनकुमार थापाको नेतृत्वमा एक–एक अक्षर केलाएर प्रतिज्ञापत्र बनाएको उल्लेख गर्नुभयो।

भदौ २३ र २४ गते परिवर्तन र बेथितिविरुद्ध उत्रँदा ज्यान गुमाएकाहरूको भावना र माग अनुसार सुधारिएर अघि बढेको पार्टी कांग्रेस मात्र रहेको शर्माले दाबी गर्नुभयो। देशमा शान्ति र संविधान स्थापनादेखि नै सुधारका थुप्रै पहल गरेको कांग्रेसप्रति गर्व गर्ने वातावरण सिर्जना गरिएको उहाँको धारणा थियो।

मतदानको दिन नजिकिएसँगै सर्लाहीमा शीर्ष नेताहरूको दौडधुप बढेको छ। बुधबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्लाको लालबन्दी र मलङ्गवा लगायतका स्थानमा कार्यकर्तालाई सम्बोधन गर्नुभएको छ। लामिछानेले परिवर्तनका लागि यसपटक आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो। यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि लालबन्दीमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्नुभएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल