alliance khabar

बिहिबार, फाल्गुण १४, २०८२

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शरिरमा उत्साह र उमङ्ग वृद्धि हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा लाभको योग छ । मेहनतले सम्मानित स्थान दिलाउन सक्छ । नचिताएको ठाउँबाट धन आर्जन हुँदा मन प्रसन्न हुनेछ । आश्वासन दिएर झुक्याउनेहरूबाट सतर्क रहनुहोला । बन्ने निश्चित भएको काम अचानक बिग्रन सक्छ ।

वृष  (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक क्षेत्रमा नेतृत्व हात लाग्नेछ । कामले धेरैको मन जित्न सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि तथा पैत्रिक सम्पत्तिबाट प्रशस्त लाभ मिल्नेछ । स्वास्थ्य कमजोर रहनाले जोस जाँगरमा कमी आउन सक्छ । पठन पाठनमा समय दिन कठिन हुन सक्छ ।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्षेत्रमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त हुने योग छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर लाभ लिन सकिनेछ । कीर्तिमानी कार्य सम्पन्न हुन सक्छ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हाँसखेल र मनोरञ्जनपूर्ण समय रहनेछ । पारिवारिक सुख प्राप्त हुनुका साथै अध्ययन अध्यापन क्षेत्रमा प्रगति हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म तथा व्यवसायमा लाभ हुनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयासले ठूलो उपलब्धि दिलाउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दुर्गम स्थान वा टाढाको यात्रा सम्भव छ, तर अनावश्यक यात्रा नगर्नु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कला निखार्ने अवसर मिल्नेछ । आफन्तबाट केही टाढिनु पर्ने अवस्था आउन सक्छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ मिल्नेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले सताउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने सम्भावना छ । विगतका कमी कमजोरी सुधार्ने अवसर मिल्नेछ । आम्दानी बिगार्नेहरू सक्रिय हुन सक्छन् । श्रमको उचित मूल्य नपाइने सम्भावना छ । सोचेभन्दा कम लाभ हुन सक्छ ।

तुला  (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कल्पना र भावनामा केन्द्रित भइनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, त्यसैले वाणी नियन्त्रणमा राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीहरू प्रशस्त भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ, तर आजको लाभ सञ्चय हुन नसक्ने सम्भावना छ । सर सापटमा धन खर्च हुन सक्छ।

वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बौद्धिक प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । नयाँ ज्ञान हासिल गर्ने योग छ । विविध लाभ प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नेछन् र दिगो फाइदा हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक तथा मंगलमय कार्य सम्पन्न हुन सक्छन् ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइनेछ । विगतको सफलताले थप हौसला जगाउनेछ । व्यवसायमा प्रशस्त लाभ हुनेछ । भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम प्रारम्भ गर्न सकिनेछ ।

मकर  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने कार्य सम्पन्न हुनेछ । काममा आलस्य आउन सक्छ र खर्च बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । अवसर आएपनि त्यसको पूर्ण लाभ उठाउन नसकिने सम्भावना छ । ठूलो प्रयासपछि सामान्य लाभ हुनेछ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जटिल काम सम्पन्न हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष लाभ मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ । चिताएको काम सम्पन्न हुनेछ । पुराना कमजोरी सुधार्ने अवसर पाइनेछ । आफ्नै कमजोरीले विवाद निम्त्याउन सक्छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित हुन सकिनेछ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्नेछ र नयाँ अवसर मिल्नेछ । रमाइलो जमघटको अवसर प्राप्त हुनेछ । गरेका कामबाट धेरैलाई लाभ पुग्नेछ । सामाजिक कार्य प्रति रुचि बढ्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल