alliance khabar

बुधबार, फाल्गुण १३, २०८२

बागलुङ, फागुन १३ गते ।

 विश्वबैंकको आर्थिक सहयोगमा बागलुङ नगरक्षेत्रका तीन सडक कालोपत्र गरिएको छ । बागलुङ नगरपालिका–१ को गणेश घुम्ती–निरयघाट, वडा नं. ४ को ओडारचौर–ढोडेनी र वडा नंं. ७ को मुलपानी–तितौरे जोड्ने सडक कालोपत्र गरिएको हो ।

विश्वबैंकको आर्थिक सहयोगमा बागलुङ नगरपालिकाले सहरी शासकीय क्षमता सुधार कार्यक्रममार्फत ती सडक स्तरोन्नतिसहित कालोपत्र गरेको हो । फेवा आशिष संयुक्त निर्माण कम्पनीले निर्माण गरेको तीन सडकको कुल लम्बाइ साढे १२ किलोमीटर रहेको छ ।

कालोपत्रको काम सकिएपछि अन्तिम भुक्तानीका लागि नगरपालिकाले दातृ निकायसहित प्राविधिक र सामाजिक अनुगमन र अन्तिम मूल्याङ्कनको काम गरेको छ । अन्तिम भुक्तानी अघि अनुगमन टोलीले केही मर्मतका काम तत्काल पुरा गर्न सुझाव दिएको छ । अनुगमन गरेपछि नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र परियोजनाका निर्देशक लिला खतिवडाले ठेकेदार पक्षलाई अधुरा काम पुरा गरेपछि भुक्तानी दिन सुझाव दिनुभएको छ ।

मुलपानीदेखि कालीमाटीहुँदै तितौरे जोड्ने सडक साढे ८ किमी, ओडारचौरदेखि ढोडेनी जोड्ने सडक साढे २ किमी र गणेशघुम्तीदेखि निरयघाट जोड्ने सडक डेढ किमी गरी साँढे १२ दशमलव ५ किमी सडक बनाउन फेवा आशिष संयुक्त निर्माण कम्पनीले ४८ करोड रुपियाँमा जिम्मा लिएको थियो । यी तीनवटै सडक ६ देखि ८ मीटर चौडाइका छन् ।

नगरभित्र बनेका सडकमध्ये मुलपानी–तितौरे सडक स्तरीय बनेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठ बताउनुभयो । ग्रामीण क्षेत्र कालोपत्र भएपछि स्थानीयलाई बजार आवतजावतका साथै गाउँमा उत्पादित कृषिउपज बजारीकरणमा सहज हुने श्रेष्ठको भनाइ छ ।

यो सडक नगरपालिकाको चक्रपथको क्षेत्र हो । बागलुङ नगरपालिका–४ को कुँडुलेदेखि धारापानी, सिमहुँदै कालीमाटी जोड्ने सडक यसअघि नै कालोपत्र भएको थियो । मुलपानी, हर्राचौर तर्फको सडक कालोपत्र भएपछि चक्रपथ खण्डको यात्रा सहज बनेको छ । वर्षाैपछि घरआँगनकै जीर्ण सडक कालोपत्र भएपछि स्थानीयबासी दङ्ग छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल