alliance khabar

शुक्रबार, फाल्गुण ०८, २०८२

न्युयोर्क (अमेरिका), फागुन ८ गते ।

नेपाली मूलका बाल जोशीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्नुभएको छ । नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल लगाएर विश्वका सात वटै महादेशमा म्याराथन सम्पन्न गर्नुभएकाले उहाँलाई यो सम्मान दिइएको हो ।

अन्तर्राष्ट्रिय अन्तरमहादेशीय म्याराथन क्लबले आयोजना गरेको ७७७ विश्व म्याराथनको यो नवौँ संस्करण हो । यो म्याराथनमा उहाँको पहिलो सहभागिता हो । यो चुनौतीपूर्ण म्याराथनमा सहभागी भएर उहाँ अमेरिका फर्किसक्नुभएको छ । सुर्खेत घर भई हाल अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आएका ४२ वर्षीय जोशी सात वटा महादेशमा, सात दिनमा, सात वटा म्याराथनमा सहभागी हुनुभएको हो । यो म्याराथनमा उहाँलगायत २० वटा देशका ५६ धावकको सहभागिता थियो । यो म्याराथन जनवरी ३० मा सुरु भई फेब्रुअरी ५ मा सम्पन्न भएको हो ।

सात वटा महादेश, लगातार सात दिनमा, सात वटा म्याराथन ठिक ठिक समयमा गर्नुपर्ने भएकाले यसको नाम नै ७७७ विश्व म्याराथन रहेको हो । सहभागी धावकले सात दिनमा २९५ किमी दौडेका थिए भने विमानमा ६८ घण्टा बिताएका थिए । एन्टार्टिकाबाट सुरु भएको घडीको पहिलो टिकटिक, त्यसपछि अफ्रिकाको केपटाउन, अस्ट्रेलियाको पर्थ, एसियाको दुबई, युरोपको म्याड्रिड, दक्षिण अमेरिकाको फोर्टालेजा हुँदै अमेरिकाको मायामीमा पुगेर घडीको टिकटिक रोकिएको थियो । म्याराथन दौड ४२.१९५ किमी रहेको हुन्छ ।

दौरासुरुवाल लगाएर दौडँदा समस्या भएन त भन्दा उहाँले भन्नुभयो, “अलि अलि समयमा त फरक प¥यो तथापि राम्रै भयो । यो नेपाली पोसाक हो नि ।” उहाँले अमेरिका र नेपाल दुवै देशका तर्फबाट आफू सहभागी भएको जानकारी पनि दिनुभयो । नेपाली पहिरन लगाएर दौडने तेज धावक भनेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा जोशीको नाम अङ्कित भएको छ । उहाँले यो म्याराथन चार घण्टा ५८ मिनेट ३८ सेकेन्डमा पूरा गर्नुभएको हो ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल