alliance khabar

मंगलबार, फाल्गुण ०५, २०८२

सुर्खेत, फागुन ५ गते ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन भर्ना गरिएका निर्वाचन प्रहरी कार्यक्षेत्रमा खटिएका छन् । सुर्खेतका दुई वटा निर्वाचन क्षेत्रमा रहेका प्रहरी युनिटमातहत हुने गरी एक हजार ८४६ जना निर्वाचन प्रहरी खटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबारदेखि निर्वाचन प्रहरीलाई आवश्यक तालिम प्रदान गरी सम्बन्धित कार्यक्षेत्रमा खटाइएको छ । सुर्खेतमा सशस्त्रमा २१२ जना र जनपदमा एक हजार ६२८ जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजङ्ग बुढथापाले निर्वाचन प्रहरीलाई भर्ना गरी निर्वाचनपूर्व आवश्यक पर्ने तालिम प्रदान गरी सोमबारदेखि कार्यक्षेत्रमा खटाइएको जानकारी दिनुभयो ।

उहाँले अबको १० देखि १५ दिनसम्म निर्वाचन प्रहरीलाई कार्यक्षेत्रमा पुगेर शान्तिसुरक्षाका साथै मतदान स्थल र केन्द्रको सुरक्षा, गस्तीलगायतका काममा प्रहरीसँगै खटाइने बताउनुभयो । सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौर जान लागेका निर्वाचन प्रहरी प्रकाश बुढाले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने बताउनुभयो । उहाँले निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउनका लागि आफ्नातर्फबाट सक्ने सम्पूर्ण शक्ति लगाउने भन्दै खुसीसाथ कार्यक्षेत्रमा जान लागेको बताउनुभयो ।

सुर्खेतका लागि आवश्यक मतपत्रलगायतका निर्वाचन सामग्री जिल्ला आइसकेका छन् । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दप्रसाद चौलागाईंका अनुसार मतपत्र सुर्खेत आएर सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ । मतपेटिका सुर्खेतमै पर्याप्त भएको र अन्य निर्वाचन सामग्री आउने क्रम जारी रहेको उहाँले बताउनुभयो । सुर्खेतमा एक लाख २१ हजार ८८९ जना पुरुष र एक लाख २७ हजार ५४ जना महिला गरी कुल दुई लाख ४८ हजार ९४३ जना मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल