alliance khabar

शुक्रबार, फाल्गुण ०१, २०८२

दाङ, फागुन १ गते ।

मोबाइल, इन्टरनेट, भिडियो गेम र आधुनिक खेलकुदको आकर्षणसँगै थारू समुदायको परम्परागत खेलहरू हराउँदै गएका छन् । मौसम अनुसार थारू समुदायको आफ्नै विशिष्ट पहिचानका खेलहरू रहेका छन् । तर पछिल्लो समय थारू समुदायका मौलिक खेलहरू तीव्र रूपमा हराउँदै गएको स्थानीयहरू बताउँछन् । समयसँगै जीवनशैली, परिवेश र भूगोल बदलिँदै जाँदा खेलकुदका धेरै रूपान्तरण भए पनि थारू समुदायमा प्रचलित परम्परागत खेलहरू भने संरक्षणको अभावमा सङ्कटमा परेका देखिन्छन् ।

हाम्रो आफ्नै परम्परागत विभिन्न खेलहरू भए पनि अहिले हराउँदै गएको घोराहीका १७ ढिकपुरका जगविर चौधरीेले बताउनुभयो । “एक दशक अगाडिसम्म हाम्रो गाउँमा दर्जनौँ खेल खेलिन्थ्यो,’’ उहाँले भन्नुभयो, ‘‘बिहान–साँझ गाउँ भरि रमाइलो हुन्थ्यो, तर अहिले तीमध्ये धेरैजसो खेल हराइसके ।”

उहाँको अनुसार कबड्डी, घोरबासा, बाघचारी, लारीबेटी, मारढुम, चिप्लेटी, ढ्याक्की, ढलेफुक, नुकिस्याँढा (आइपाइस), चूयाङ्खुरी जस्ता खेलहरू थारू समुदायमा निकै लोकप्रिय थिए । महिलाले छुट्टै खेल खेल्थे, पुरुष र केटाकेटीका आफ्नै मौलिक खेलहरू हुन्थे । ती खेलहरू केवल मनोरन्जनका माध्यम होइनन्, सामाजिक एकता, शारीरिक सशक्तता र सांस्कृतिक अभ्यासका महत्वपूर्ण मानिन्थ्यो, उहाँले भन्नुभयो ।

तर अहिले गाउँमा युवापुस्तालाई ती खेलहरूको नाम नै थाहा नभएको अवस्था छ । मोबाइल, इन्टरनेट, भिडियो गेम र आधुनिक खेलकुदको आकर्षणसँगै परम्परागत खेलहरू प्राथमिकताबाट छुट्दै गएको छ । खुला मैदान अभाव, परम्परा सिकाउने व्यक्तिको कमी लगायतका करण पनि परम्परागत खेलहरू हराउनका थालेका छन् । “फुटबल, भलिबल गाउँमा खेल्न देखिन्छ, तर, परम्परगत ती खेलहरु हराउँदै गएको छ, उहाँले भन्नुभयो, यसको संरक्षण र प्रवद्धन आवश्यक छ ।”

“हाम्रो मौलिक खेलहरू हराउनु केवल खेलको मात्र हराउनु होइन, उहाँले भन्नुभयो यो त समुदायको पहिचान, इतिहास, परम्परा पनि गुग्नु  सरह हो ।” स्थानीय तह, विद्यालय र समुदाय मिलेर संरक्षण अभियान नचलाई थारूहरूको परम्परागत खेल फेरि जीवित हुने सम्भावना कमजोर बन्दै गएको उहाँको भनाइ थियो । दाङका केही विद्यालयले स्थानीय खेलहरू पाठ्यक्रममा गतिविधिमा समावेश गर्न थालेका छन् । समुदायस्तरमा पनि उत्साही युवाहरूले बाघचारी, कबड्डी जस्ता खेल पुनः परिचालन गर्ने पहल गरेका छन् ।

यद्यपि संरक्षणका प्रयासहरू अझै पर्याप्त छैनन् । डिजिटल युगमा परम्परा जोगाउन अझै ठुलो प्रतिबद्धता आवश्यक छ । “हाम्रा खेल हाम्रो पहिचान हो,’’ घोराही १७ गुलरियाका चूर्णसिंह थारूले भन्नुभयो, ‘‘हामीले सिकाइएनौँ भने भविष्यका पुस्ताले किताबमै मात्र देख्नेछन् ।”

“थारू समुदायका मौलिक खेलहरू संरक्षण गर्न नसकिए, खेलसंगै हाम्रो परम्परा नै हराउने छ, त्यसको ती परम्परागत खेलको संरक्षणका लागि अहिलेको पुस्ता लाग्न आवश्यक छ,’’ उहाँले भन्नुभयो, ‘‘हाम्रो मौलिक खेलहरुलाई जीवन्त रुपमा राख्न विद्यालयमा समेत अतिरिक्त क्रियाकलापहरु सञ्चलान गर्न अवश्यक देखिन्छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल