alliance khabar

बुधबार, माघ २८, २०८२

इनरुवा, माघ २८ गते  ।

नेपाली कांग्रेस पार्टीका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पु-याउन पार्टीका सबै नेता कार्यकर्तालाई एक भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभएको छ । मङ्गलबार बिहान सुनसरीको कोशी गाउँपालिका–३ स्थित नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ४ का सभापति तथा कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको निवासमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

सभापति थापाले देशलाई भ्रष्टाचारमुक्त, सदाचारयुक्त र सुशासनयुक्त बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि आगामी निर्वाचनमा कांग्रेसले अत्याधिक मत ल्याउनु जरुरी छ ।”

सयौँ नेता कार्यकर्ताको उपस्थितिमा भएको स्वागत कार्यव्रmममा उहाँले सबैको अधिकार, पहिचान र सम्मानसहित देशमा सुशासनको पक्षमा काम गर्ने पार्टी नेपाली कांगे्रस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “करिब १० लाख व्रिmयाशील सदस्य रहेको पार्टी नेपाली कांग्रेसको जित पक्कै हुने छ भन्नेमा हामी विश्वास्त छौँ । सुनसरीका चारै निर्वाचन क्षेत्रमा विजयी हुन पार्टीका सबै नेता कार्यकर्तालाई अभियानमा लाग्न आग्रह गर्दछु ।”

उहाँले देशका लागि अहिलेको निकै महìवपूर्ण भएकाले गुटभन्दा पार्टीका लागि सबै एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले आफूहरूले पार्टीका सभापती बन्न मात्रै नभई देशमा रहेको बेथितिको अन्त्य, भ्रष्टाचार नियन्त्रण, सदाचारयुक्त समाज निर्माण गर्ने अभियान पनि लिएर पार्टीको विशेष महाधिवेशन गराएको स्पष्ट पार्नुभयो ।

यसैबिच वराहक्षेत्र समाचारदाताका अनुसार सभापति गगन थापा मङ्गलबार नै सुनसरी क्षेत्र नं. ४ को जमुवामा कार्यकर्तासँग भेट गर्दै पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं. ४ का उम्मेदवार रहनुभएका पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिताएर पठाउन आग्रह गर्नुभएको छ ।

कार्कीले पार्टीलाई विभाजनबाट रोक्न ठुलो भूमिका निर्वाह गर्नुभएको भन्दै पार्टीलाई एकढिक्का राख्न भूमिका खेल्ने अनुभवी, परिपक्व र सबैलाई मिलाएर लैजान सक्ने नेता कार्कीलाई जिताएर पठाउन आग्रह गर्नुभएको हो ।  पार्टीको कार्यव्रmम सकेर सभापति थापा आफ्नो क्षेत्र फर्कनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल