alliance khabar

शनिबार, माघ १७, २०८२

नेपालगन्ज, माघ १७ गते ।

पश्चिम नेपालकै प्रमुख नाकामध्येको एक नेपालगन्ज नाकाबाट जडिबुटी निकासी हुने क्रम फेरि वृद्धि हुन थालेको छ । साविकको मध्य र सुदूरपश्चिमको केन्द्रबिन्दु तथा लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्र नेपालगन्ज  जडिबुटी निकासीको ‘हब’ मानिन्छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुससम्ममा यो नाकाबाट ३३ करोडभन्दा बढीको जडिबुटी निर्यात भइ गत आर्थिक वर्षको सोही अवधीभन्दा ७१ प्रतिशत बढी जडिबुटी निर्यात भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमारखड्काले चालु आवको साउनदेखि पुस मसान्तसम्म ३३ करोड १३ लाख ४९ हजार रुपियाँको विभिन्न प्रकारका ११ लाख १४ हजार ८०४ किलो जडिबुटी निर्यात भएको बताउनुभयो । उहाँले गत आवको सोही अवधीमा १९ करोड ३४ लाख ७४ हजार रुपियाँको जडिबुटी निर्यात भएकोमा यस वर्ष सोही अवधीमा जडिबुटी निर्यातमा १४ करोडभन्दा बढी वृद्धि भएको बताउनुभयो ।

यो नाकाबाट पहिलो पटक सल्लाको आँखला पनि निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार गत ६ महिनामा ६ लाख ३२ हजार रुपियाँको ३९ हजार ४८६ मेट्रिक टन सल्लाको आँखला निर्यात भएको छ । सल्लाको आँखलाको निर्यातमा सय प्रतिशत कर लगाइएकाले निर्यात कम भएको व्यवसायीले जनाएका छन् ।

पछिल्लो समयमा जडिबुटी प्रशोधन गरेर निकासी गर्ने क्रम पनि बढेको उद्योगी व्यवसायीहरुले बताएका छन् । नेपालगन्ज नाकाबाट भारत निकासी हुनेमा टिमुर, काउलो, सतुवा, बोझो, दालचिनी, अमला सबैभन्दा बढी रहेको जडिबुटी व्यवसायी संघले जनाएको छ ।

नेपालबाट निकासी हुनेमध्ये ८५ प्रतिशत जडिबुटी भारतमा निकासी हुने गरेको जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले बताउनुभयो ।

उहाँले केही वर्ष यता आएर फेरि जडिबुटी निर्यात बढ्दै गएको जनाउँदै सरकारले निर्यात सहज हुने गरी जडिबुटी नीति ल्याए निकासी अझ वृद्धि हुने बताउनुभयो ।

अध्यक्ष शर्माका अनुसार हिमाली जिल्लामा सङ्कलन इजाजत र छुट पुर्जी लिन सदरमुकाम जानुपर्ने झन्झट छ । साना व्यवसायीले जडिबुटी ओसारपसार गर्न नसक्ने अवस्था रहेको छ । एउटा जिल्लाबाट अर्को जिल्ला लैजान समेत अप्ठ्यारो हुने गरेको व्यावसायीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल