alliance khabar

मंगलबार, माघ १३, २०८२

बागलुङ (गलकोट) माघ १३ गते ।

गण्डकी र लुम्बिनी प्रदेशको सिमाना पातीहाल्नेमा हिउँ खेल्ने पर्यटकको भिड लाग्न थालेको छ । शुक्रबार मध्यरातीदेखि हिउँ पर्न थालेपछि  बिहानैदेखि पातीहाल्नेमा सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुग्न थालेका छन् । हिउँले सेताम्य बनेको पातीहाल्नेमा पुगेका पर्यटकले भिडले यहाँको दृश्य निकै रोमाञ्चक देखिन्छ । पातीहाल्ने दुई प्रदेश तथा बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पनि हो ।

एक दशक अगाडिसम्म ओझेलमा रहेको पातीहाल्ने जब मध्यपहाडी लोकमार्गले जोडियो त्यसपछि आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ । यस वर्षको पहिलो हिमपात भएको हुनाले पनि हिउँ खेल्न आउनेको सङ्ख्या ठुलो थियो । हिउँ खेल्न आउने तीन जिल्लाका मात्रै थिएनन् । जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि समेत हिउँ खेल्न आएका थिए । समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको पातीहाल्ने आसपासमा दुई वटा ताल छन् ।

एउटा बागलुङको निसीखोलामा पर्ने रिग ताल र अर्को रोल्पाको सुनछहारीमा पर्ने तिलाचन ताल । पातीहाल्ने पुग्ने हरेक पर्यटक ति ताल अवलोकन गर्न लालायित हुन्छन् । हिमपातले यि दुई वटै ताल ढाकिएको निसीखोला गाउँपालिका–६ का तमबहादुर घर्ती मगरले  बताउनुभयो  । रिग तालसम्म पर्यटकहरु सहजै पुगे पनि तिलाचन ताल पुग्ने बाटोमा बाक्लोल हिउँ परेको हुँदा पुग्न नसकेको उहाँको भनाइ छ ।

‘‘बिहान उठ्दा सेताम्य भएको थियो, मान्छेहरु बिहानैदेखि गाडी लिएर आएका थिए, साँझसम्म पनि ठुलै भिड थियो, एकै दिन तीन÷चार सय पर्यटक घुम्न आए, चिसो पनि निकै छ,” उहाँले भन्नुभयो, “अहिले त मान्छेहरु अलिअली पानी पर्ना साथ पातीहाल्नेमा उक्लिने गर्छन्, दुई वर्षदेखि यहाँ घुम्न आउनेको सङ्ख्या बढेको छ, पहिले यो ठाउँमा बर्खाको समय गोठाला मात्रै हुन्थे, हिउँदमा सुनसान हुन्थ्यो ।”

पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ । हिमपातका कारण रातिदेखिनै लोकमार्ग अवरुद्ध भएको थियो ।  पूर्व रुकुमबाट मेसिन र प्रहरीको टोली आएर हिउँ पन्छाई यातायात सञ्चालन गरेको हो । गुल्मीको मुसीकोटका तुफान ज्ञवालीले बिहान उठ्दा घरबाट माथिल्लो डाँडाहरुमा हिउँ देखेपछि १२ जनाको समूहमा हिउँ खेल्न पातीहाल्ने आएको सुनाउनुभयो ।

करिब साढे दुई घण्टामा गुल्मीबाट पातीहाल्ने पुगेको उनको भनाइ छ । सडक सजिलो हुँदा एकै दिनमा पातीहाल्ने पुगेर हिउँ खेलेर फर्किएको ज्ञवाली बताउनुभयो । बागलुङको ढोरपाटनसहित माथिल्लो क्षेत्र र पातीहाल्नेमा मात्रै हिमपात भएको छ । तर तल्लो क्षेत्रमा भने सामान्य वर्षा मात्रै भएको हो ।

झण्डै चार महिनापछि वर्षा हुँदा किसान खुसी भएका छन् । बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि करिब ४२ किलोमिटर पश्चिममा रहेको पातीहाल्नेमा आधा घण्टामै पुग्न सकिने हुँदा हिउँ खेल्न जाने बढेको हुन् । बडिगाडबाट हिउँ खेल्न पुग्नु भएका दीपेश खरेलले दोस्रो पटक नजिकैबाट हिउँ देखेको बताउनुभयो । हिउँ खेल्नेको भिडभाडले पातीहाल्नेमा निकै चलहपहल देखिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल